मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

नर्थ क्यारोलाइनामा लामिछानेको अभियान

नर्थ क्यारोलाइनामा लामिछानेको अभियान

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरिसभिल (नर्थ–क्यारोलाइना)– गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको चुनावी कार्यक्रम घोषणासँगै प्रचार प्रसारका लागि उम्मेदवारहरुले बिभिन्न राज्यहरुमा आफ्नो अभियान तीब्र बनाएका छन् ।
 
आइतबार नर्थ क्यारोलाइनाको मोरिसभिल सिटीमा एनआरएन अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका कृष्ण लामिछानेले सदस्यहरुसँग भेटघाट र अन्तरकृया आयोजना गरे । त्यस अवसरमा सो राज्यका अधिकांश नेपाली संस्थाहरुले एनआरएन अभियानप्रति खुशी व्यक्त गर्दै लामिछानेको अभियानप्रति शूभकामना व्यक्त गरेका थिए ।
लामिछानेले आफुले एनआरएन अमेरिकालाई सुखमा पनि र दुःखमा पनि आवश्यक पर्ने संस्थाका रुपमा अघि बढाउने योजना रहेको सार्वजनिक गरे । ‘मेरो योजना एनआरएन अमेरिकालाई मर्दा र पर्दाको संस्थाका रुपमा चिनाउने रहेको छ,’ उनले भने । 
विगतमा नेपाली समाज टेक्ससको अध्यक्ष हुँदा लामिछानेले देखाएको सकृयतालाई अहिले पनि टेक्ससमा निकै प्रशंसा हुँदै आएको छ । 
कार्यक्रममा महासचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका स्थानीय विनोद भट्टले निर्वाचन प्रकृया र त्यसको विश्वसनीयतामाथि प्रश्नहरु उठेको प्रसंग उठाउँदै त्यसलाई निर्वाचन समितिले प्रष्ट पार्दै संस्थाको इज्जत बढ्ने कार्य गर्न आग्रह गरे । ‘मैले यो संस्थालाई आगामी दुई वर्ष छुट्याएको छु । जिते पनि र हारे पनि म दुई वर्ष अमेरिकामा रहेका नेपाली समुदायका लागि खट्ने योजना बनाएको छु’ उनले भने ।
कार्यक्रममा नासियाका अध्यक्ष विनय अर्याल, जनसम्पर्क समितिका चिरञ्जिबी भट्टराई, स्थानीय अगुवा सामाजीक अभियन्ताहरु इश्वर देवकोटा, ठाकुर कार्की लगायतले एनआरएनएका बारेमा चर्चा गर्दै लामिछानेको लागि शूभकामना दिएका थिए ।