मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिकाको निर्वाचन तालिका सार्वजनिक

एनआरएनए अमेरिकाको निर्वाचन तालिका सार्वजनिक

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । ग़ैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका राष्ट्रिय समन्वय परिषदमा नयां नेतृत्वका लागि मे महिनाको अन्तिम साता निर्वाचन हुने भएको छ । एनआरएनए अमेरिका निर्वाचन समितिका अनुसार निर्वाचनका लागि मे २९ र ३० तारिख तोकिएको छ । 

एनआरएनए अमेरिकका सबै सदस्य मतदाताले अनलाइन मार्फत उक्त दुई दिन मत हाल्न पाउने छन् । 

नतिजा मे ३१ मा घोषणा हुने छ ।  जुलाई ३ मा नयाँ नेतृत्वले पदभार सम्हाल्ने छ । 

प्रमुख निर्वाचन कमिसनर विश्वनाथ बरालका अनुसार निर्वाचन कार्यक्रम भने अप्रिल ६ तारिकबाटै शुरु हुने छ । अप्रिल ६ मा एनआरएनए सदस्य मतदाताको अन्तिम सुची दिनु पर्ने मिती तय गरिएको छ । 

मतदानमा सहभागी हुन करिव २१ हजारले आवेदन दिएका छन् । तर, यस मध्ये झण्डै ६ हजार हट्न सक्ने संभावना रहेको छ ।

एनआरएनए अमेरिकामा केही साता अघि देखिनै चुनाव भने लागिसकेको छ । विभिन्न पदका उम्मेदवारहरु अहिले प्रचार प्रसारमा छन् । 

एनआरएनए अमेरिका विदेशमा बस्ने नेपालीको हितका लागि लविंग गर्ने एनआरएनएको राष्ट्रिय अंग हो । एनआरएनएले विदेशमा वस्ने नेपालीको नागरिकताको निरन्तरता,  लगानी सहजीकरण जस्ता विषयमा लविगं गर्दै आएको छ । एनआरएनए अमेरिका ठुलो रािष्ट्रय समन्वय परिषद मध्येमा पर्छ । 

विस्तृत निर्वाचन तालिका निम्न अनुसार छ: