मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

गिरिजाप्रसाद कोईराला फाउन्डेशनको पहलमा न्युयोर्कका नेपालीलाई कोरोना खोप लगाईंदै

गिरिजाप्रसाद कोईराला फाउन्डेशनको पहलमा न्युयोर्कका नेपालीलाई कोरोना खोप लगाईंदै

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क (अमेरिका)- गिरिजाप्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरले न्युयोर्कमा भ्याक्सीन लगाउने व्यवस्था गरेको छ । फाउण्डेसनको सक्रियतामा न्युयोर्क र आसपास क्षेत्रमा रहेका नेपाली समुदायलाई लक्षित गरी भ्याक्सीन लगाइने फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिए । नेपाली लगायत अन्य समुदायलेपनि फाउण्डेसनको पहलमा कोरोना भाइरसको खोप लगाउन सक्ने फाउण्डेसनले जनाएको छ । 
 
फाउण्डेसनले कोरोना भाइरसको खोप लगाउन चाहनेहरुबाट रजिष्ट्रेसन फारम भराई संकलन गरिएको थियो । संकलित रजिष्ट्रेसन फारमका आधारमा न्युयोर्कको क्वीन्स हस्पिटल जमैकामा खोप लगाइने जनाइएको छ । फाउण्डेसनले अन्य संस्थाहरुसंग सहकार्य गरी रजिष्ट्रेसन फारम संकलन गरिएको अध्यक्ष घिमिरेले जनाकारी दिए । कोरोनाको खोप अप्रिल महिनाको हरेक शनिवार लगाइने छ । फाउण्डेसनले संकलन गरी बुझाएको फारमको आधारमा अप्रिल ३, १०, १७ र २४ तारिखमा दिउसो एक बजेदेखि ५ बजेसम्म खोप लगाइने जनाइएको छ । 
 
खोप लगाइने स्थान क्विन्स् अस्पताल जमैका, ८२–६८, १६४ स्ट्रीट न्युयोर्क ११४३२ रहेको र खोपको लागि फारम भरेकाहरुले तोकिएको मिति र समयमा सम्पर्क गर्न अनुरोध गरिएको छ । खोप लगाउन जांदा यातायातको आवस्यकता परेमा न्युयोर्कको फाउण्डेसनको कार्यालय, शेर्पा किदुक र घ्याल्सुम्दो सेवा संस्थाको कार्यालयबाट निःशुल्क आवतजावतको व्यवस्था मिलाइएको फाउण्डेसनले जनाएको छ । खोप लगाउन चाहनेहरुले हरेक वुधवार अपरान्ह २:०० वजेसम्म फारम भरी फाउण्डेशनको कार्यालयमा वुझाई सक्नुपर्नेछ । खोपको लागि फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमीरे र महासचिव छिरिगं राप्के लामाले क्वीन्स अस्पतालको भ्रमण गरी अस्पतालका कम्युनिटी भ्याक्सिन अर्गनाइजर स्टेफान मुनरोसंग भेटी भ्याक्सीन दर्ता फारम बुझाई, मिती र समय तय गरेको थियो ।