काठमाडौँ । सुरज शाही ठकुरीको संगीत र स्वर रहेको गीत ‘के लेखुँ शब्दमा’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा जङ्गबहादुर शाही र अमृत घोले लामाको शब्द रहेको छ ।
आफ्नो प्रेमिकालाई माया भावले वर्णन गर्ने गीतको भिडियोलाई आकर्षक बनाइएको छ । गीतमा आफ्नो प्रेमिकाप्रतिको प्रेमभावलाई दर्शाइएको छ । गीतलाई अडियोझैँ आकर्षक रुपमा एजिएल इन्टरटेनमेन्टले तयार गरेको हो ।
एजिएल प्रमुख अमृतले गीतको शब्द अनुरुपकै भिडियो तयार गरिएको बताए । ‘गीतको शब्दलाई दृश्यमार्फत पनि प्रस्ट्याउने जमर्को गरेका छौँ’ उनले भने । गीतमा लोकप्रिय मोडल निराजन प्रधानसँग डेब्यु गर्ल आज्ञा करन्जीतले अभिनय गरेकी छन् ।
गीतको सार्वजनिक भिडियोमा आज्ञासँग निराजनको प्रेमभावलाई दर्शाइएको छ । एकअर्काप्रतिको प्रेमलाई लिएर भिडियोलाई शान थापाले तयार गरेका हुन् ।
एजिएल इन्टरटेनमेन्टकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ । भिडियोलाई एजिएल इन्टरटेनमेन्टका लागि अमृत घोले लामाले निर्माण गरेका हुन् ।
प्रतिक्रिया