मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिका चुनाव

एनआरएनए अमेरिका चुनाव

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- एनआरएन राष्ट्रिय समन्वय परिषद अमेरिका (  एनआरएनए अमेरिका) आउने कार्यकालका लागि निर्वाचन कार्यक्रम घोषणा भएको छैन तर,  समाजिक संजालमा चुनाव प्रचार प्रसार भने शुरु भएको छ । 
 
औपचारिक र अनौपचारिक रुपमा अध्यक्षपदमा चार जनाले उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षमा मात्र होइन वरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव लगायतका पदमापनि उम्मेदवार दिनेहरु प्रचारमा लागेका छन् । 
 
आउने जुलाई महिनामा एनआरएनए अमेरिकाको साधारण सभा हुदैं छ । प्रकृया अनुसार जाने हो भने यसअघि चुनाव हुनु पर्छ । निर्वाचन समितिले अहिलेसम्म चुनावी कार्यक्रम भने सार्वजनिक गरेको छैन । 
 
एनआरएनए आईसीसीमा पनि यो बर्ष चुनाव हुने भएकाले एनआरएनए अमेरिकाको निर्वाचनले वढी महत्व पाएको छ । यसले पनि आउने चुनाव पनि विगतमा जस्तै कडा हुने छ । 
 
अध्यक्षमा चार जना उम्मेदवार : 
अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दिने सार्वजनिक गरेका छन् । हाल कार्यसमितिका वरिष्ठ उपाध्यक्ष डा अर्जुन बञ्जाडे, उपाध्यक्ष बुद्धि सुवेदी, कार्यसमिति सदश्य तिलक केसी र पुर्व कार्यसमिति सदश्य कृष्ण लामिछानेले उम्मेदवारी दिने वताएका छन् । यी मध्ये को बलियो छन् ? भन्न सकिने अवस्था छैन । 
 
यस पटक एनआरएनए अमेरिकामा करिव २१ हजार मतदाता छन् । आजिवन सदश्यको संख्या पनि उल्लेनिय छ । यो संख्याले गर्दा केही सिमित व्यक्तिको पकेट भोट समिकरणले मात्र जित निकाल्न सकिने अवस्था छैन । राम्रोसंग चुनावी अभियान संचालन गर्ने, व्यक्तिगत भेटघाट घुलमिल हुने उम्मेदवारले जित्न सक्छन् । यसले गर्दा चारै जना उम्मेदवारले जित निकाल्न मेहिनेत गर्ने समय भने छ । 
 
खगेन्द्र जीसी पछि तीन पटक निर्वाचन भयो । यसमा दुई पटक डा केशव पौडेलले जिते । त्यसपछि पनि पौडेलकै समर्थक उम्मेदवार सुनिल शाह भारी मत अन्तरले जित्न सफल भए । यसले गर्दा विगत तिन चुनावमा संस्थापन पक्षनै प्रभावशाली देखिएको थियो । तर, यस पटकको दृष्य फरक छ । त्यसैले यस पटकको चुनावले फरक नतिजा दिन सक्छ । र राम्रो पक्ष यो चुनाव विगतका भन्दा कम विवादित हुने छ । 
 
कार्यसमितिका तीन जना अध्यक्ष पदका लागि चुनावी मैदान छन् । यसले गर्दा संस्थापन पक्ष यही हो भन्न सकिने अवस्था छैन । नेपाली समाज टेक्ससका पुर्व अध्यक्ष समेत रहेका कृष्ण लामिछाने पनि बलियो रुपमा प्रतिस्पर्धामा आएका छन् । अहिलेसम्म टेक्सस र न्यूयोर्कमा सवैभन्दा वढी मतदाता रहेका छन् । बञ्जाडे र लामिछाने दुवै टेक्ससकै भएकाले त्यहां मत विभाजन हुन सक्छ । 
 
अध्यक्षको चुनावलाई टिम प्याकेजले पनि असर गर्छ । को कुन टिममा ढल्किन्छन् । यसले पनि नतिजा फरक पार्ने छ । एउटै खाल र उही समुहका उम्मेदवार एउटै टिममा हुदां अन्य समुहको भोट ल्याउन कठिन हुन्छ । कृष्ण लामिछानेका लागि यो चुनौती हुन सक्छ । 
 
चुनाव घोषणा गरेर मात्र हुदैंन । अब यो विचमा को उम्मेदवार कति सकृय हुन्छ त्यसैले नै हार जित तय गर्ने छ । यस अघिका तीन चुनावमा डा पौडेल र त्यसपछि सुनिल शाहले निर्वाचन अघि निकै दौड धुप गरेका थिए । डा पौडेल र शाह सप्ताहन्त कुनै न कुनै शहर पुगेकै  हुन्थे । अहिले चारै जना उम्मेदवारमा यो सकृयता भने कम छ। 
 
अमेरिकामा मत प्रभावित पार्ने विभिन्न समुह छन् । एउटै समुहले केही गर्न सक्ने अवस्था छैन । फलानो पार्टीको समर्थन छ भनेर पनि चुनाव जित्न सकिने अवस्था छैन । आम रुपमा मतदातामा लोकप्रिय हुन सक्ने उम्मेदवारले मात्र जित निकाल्ने छ । 
 
एउटा रमाइलो पक्ष अमेरिकाको शेयर बजार कता जान्छ यसले पनि नतिजा तल माथि गर्ने अवस्था यस पटक देखिएको छ । आउने समरमा शेयर बजारमा मन्दि आयो भने एनआरएनएको चुनाव नतिजा समेत फरक पर्न सक्छ । जित्ने उम्मेदवारले हार्न सक्छन् ।