मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एसिड छ्याप्ने अपराधीलाई कारबाही कडा कानुन

एसिड छ्याप्ने अपराधीलाई कारबाही कडा कानुन


काठमाडौँ । कृृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले एसिड आक्रमण गरी बालिका तथा महिलाको जीवन बर्बाद गरिदिने अपराधीलाई कारबाही गर्न सरकारले कडा कानुन निर्माण गरेको बताएकी छन् ।  
 
१११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा सामुदायिक वन उपभोक्ता महासंघले काठमाडौँमा आयोजना गरेको ‘प्राकृतिक स्रोत व्यवस्थापनमा महिलाको योगदान’ विषयक अन्तरसंवादमा मन्त्री अर्यालले विश्वका महिला धेरै अगाडि बढिरहँदा अहिले पनि नेपालका महिला असुरक्षित रहेको भन्दै विभिन्न निहुँमा किशोरीमाथि एसिड प्रहार गर्ने र उनीहरुको जीवन कुरूप बनाइदिने अपराधीलाई कारवाही गर्न सरकारले कडा कानुनको व्यवस्था गरेको बताइन् । 
 
“एसिड छर्किएर हाम्रा किशोरी, महिलाको जीवन बर्बाद पार्ने, जीवनभर कुरूप बनाइदिने घटना बढ्दै गए । हामीसँग एसिडसम्बन्धी कानुन रहेनछ”, उनले भनिन्, “त्यसकारण सरकारले क्षतिअनुसार कडाभन्दा कडा सजाय हुनेगरी अपराधीलाई कारबाही गर्न कडा कानुनको व्यवस्था गरेको छ । सँगै पीडितको शिक्षा, स्वास्थ्यको सरकारले जिम्मा लिनेगरी कानुन निर्माण भएको छ ।”
 
महिला जागरणमा सामुदायिक वन महासंघको ठूलो भूमिका रहेको भन्दै उनले आफ्नो सङ्गठन संरचनाभित्र ५० प्रतिशत महिला सहभागिता पु¥याएर अरुलाई पनि ठूलो पाठ सिकाउन सफल भएको बताए । त्यस अवसरमा सामुदायिक वन संरक्षण तथा प्रकृति संरक्षण अभियानमा योगदान गर्ने महिलालाई सम्मानित गरिएको थियो ।