अमेरिका समाचार

अनेसास कोलोराडोमा नयाँ नेतृत्व

प्रकाशित |
कोलोराडो (अमेरिका)। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखामा नयाँ नेतृत्व चयन भएको  छ । 

कोलोराडो शाखाको हालै सम्पन्न निर्वाचनमा अध्यक्षमा राजु सिटौला निर्विरोध निर्वाचित भएका छन् । यसै गरी उपाध्याक्षमा सम्झना आचार्य, महासचिवमा किरण (उत्सुक) अधिकारी, सचिवमा लालप्रसाद चौलागाई, कोषाध्यक्षमा विजयदेव अधिकारी निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा कपिलदेव सुवेदी, निर्मला अर्याल र सरोज भूसाल निर्वाचित भएका छन् । 

कोलोराडोका समाजसेबी नवीन दत्त, डा. संगीता श्रोत्रिय र भूषण श्रेष्ठ रहेको निर्वाचन समितिले निर्वाचन कार्य सम्पन्न गरेको थियो।
हिमालय खबर

हिमालय खबर -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया