मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

म्यानमारमा सेनाले सत्ता सम्हालेदेखि ५४ जनाको मृत्यु, राष्ट्रसंघद्वारा क्रुर दमनको घोर निन्दा

म्यानमारमा सेनाले सत्ता सम्हालेदेखि ५४ जनाको मृत्यु, राष्ट्रसंघद्वारा क्रुर दमनको घोर निन्दा


म्यानमार । म्यानमारमा फेब्रुअरी १ मा सेनाले सत्ता सम्हालेपछि कम्तीमा ५४ मानिस मारिए र एक हजार ७०० भन्दा बढीलाई पक्राउ गरिएको बताइएको छ । 
 
बुधबार र बिहीबार मात्र सेनाको गोली लागी दर्जनौँ प्रदर्शनकारी मारिएपछि संयुक्त राष्ट्रसंघका अधिकार प्रमुखले बिहीबार सेनालाई प्रदर्शनकारीहरूको हत्या र उनीहरूमाथिको दमन रोक्न आग्रह गरेका छन् ।  
 
म्यान्मारमा प्रदर्शनको सबैभन्दा भयावह दिन पछि यी टिप्पणीहरू आएका हुन् । बुधबार प्रजातन्त्रको पुनः वहालीको माग गर्दै गरिएका जुलुसमा सुरक्षा बलले भीडमा गोली हानेको टेलिभिजन तथा सामाजिक सञ्जालमा आएका दृश्यहरूमा देखाइएको छ । 
 
संयुक्त राष्ट्रसंघका अधिकार प्रमुख मिसेल बाचलेटले सुरक्षा निकायहरूलाई शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुप्रति उनीहरुको क्रुर कारबाही रोक्न आग्रह गरेका हुन् । 
 
“म्यानमारको सेनाले प्रदर्शनकारीको हत्या र जेल चलान रोक्नुपर्छ,” उनले भने । “यो एकदम घृणित कुरा हो कि सुरक्षा बलले देशभर शान्तिपूर्ण आन्दोलनकारीहरूविरूद्ध सीधै गोली चलाइरहेको छन् । यो मानव अधिकारविरोधी काम हो । राष्ट्रसंघ यसको घोर निन्दा गर्दछ । 
बचेलेटले थपे, “घाइतेलाई उद्धार गर्न पुगेका आपतकालीन स्वास्थ्य कर्मचारी र एम्बुलेन्सविरूद्ध पनि आक्रमण हुनु घोर आपत्तिजनक कार्य हो । 
 
संयुक्त राष्ट्रसंघीयय अधिकारमामिला हेर्ने कार्यालयका अनुसार फेब्रुअरी १ देखि प्रहरी र सैनिक अधिकारीहरूले कम्तिमा ५४ व्यक्तिलाई ‘सुरक्षा कारबाही’ का क्रममा मारेको पुष्टि गरेको छ ।
 
वास्तविक मृत्यु हुने संख्या धेरै बढी हुन सक्ने पनि उक्त कार्यालयले प्रमाणित बताएको छ । म्यानमारमा फेब्रुअरी १ मा सेनाले सत्ता सम्हालेपछि कम्तीमा ५४ मानिस मारिए र एक हजार ७०० भन्दा बढीलाई पक्राउ गरिएको पुष्टि गरिसकिएको छ । म्यानमारमा सेनाले सत्ता लिएपछि सैनिक कदमको विरोधमा निरन्तर प्रदर्शनहरू हुँदै आएका छन् । एएफपी