नेपाल

कांग्रेसको ध्यान प्रधानमन्त्रीलाई बिदाइ गर्नेतर्फ लाग्नुपर्छ : गगन थापा

प्रकाशित |
सर्लाही । नेपाली काँग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदाइ गर्नेतर्फ काँग्रेस लाग्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन सर्लाहीले बिहीबार गरेको पत्रकार सम्मेलनमा नेता थापाले यस्तो बताएका हुन् ।
 
नेता थापाले कांग्रेस पहिले सरकारमा जाने नजानेभन्दा पनि सरकार कसरी हटाउने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ थियो । उनले काँग्रेसका नेता कार्यकर्ताले अरूको मुख ताक्नेभन्दा आफैँले भए पनि अविश्वासको प्रस्ताव ल्याउनेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए । उनले अहिले काँग्रेस सरकारमा जान हतारो गर्नुभन्दा पनि संविधान रक्षाकै निम्त उभिन जरुरी रहेको बताए । 
 
उनले देश विकास गर्ने हो भने देशको प्रधानमन्त्री बन्नुभन्दा पहिले पाँच वर्षको लागि जनताले देश चलाउन कुनै पनि पार्टीलाई म्यान्डेट दिए हुने र देश विकास गर्न प्रधानमन्त्री बनेको दिनदेखि बाहिरिने दिनसम्मको तालिका बनाएर लागेमात्र देश विकास हुने बताए । 
 
हिमालय खबर

हिमालय खबर -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया