मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय


काठमाडौँ । सरकारले नेकपा नेत्रविक्रम चन्द विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । 
 
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदनसमेत गरेको छ ।
 
 
हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको कृषि मन्त्री पद्मा अर्यालले जानकारी दिइन् । उनका अनुसार सरकारले दुवै वार्ता टोलीबीच भएको सहमति पनि अनुमोदन गर्ने निर्णय गरेको छ ।  
 
सबै कैदीबन्दी रिहा गर्ने 
 
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका सबै कैदीबन्दी रिहा गर्ने भएको छ ।
 
सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा विप्लव समूहका सम्पूर्ण बन्दी रिहा गर्ने र मुद्दा खारेजीलगायका विषय अघि बढाउने उल्लेख छ ।
 
सो समूहका १३४ जना नेता–कार्यकर्ता जेलमा छन् । यही फागुन ९ गतेसम्म सो समूहका दुई हजार ८६ जना पक्राउ परेका छन् । जसमध्ये एक हजार ८४४ जना मुद्दा दर्तापछि छुटेका छन् भने १३४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
 
प्रहरी प्रधान कार्यालयका अनुसार १८ जनाको मुद्दा अनुसन्धानको क्रममा छ । सरकारले ०७५ फागुन २८ गते सो समूहमाथि प्रतिबन्धको घोषणा गरेको थियो ।