मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

चलचित्र ‘आँधी तुफान २’ निर्माणको घोषणा

चलचित्र ‘आँधी तुफान २’ निर्माणको घोषणा


काठमाडौँ । नेपाली चलचित्र ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ । बिहीबार काठमाडौँ मलस्थित डाड्युपन्यु रेस्टुरेन्टमा आयोजित एक कार्यक्रमबीच फिल्म निर्माण घोषणा गरिएको हो ।
 
दशकअगाडि निर्माण भएको फिल्म ‘आँधी तुफान’को सिक्वेलको रुपमा फिल्म निर्माण हुन लागेको हो । फिल्मका निर्माता मौनता श्रेष्ठ हुन् । मौनता नेपाली फिल्मका सफल स्क्रिप्ट राइटर हुन् । उनले एकसय बढी फिल्म लेखेकी छन् ।
 
मदन घिमिरेको निर्देशक रहने फिल्ममा  आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोइराला, कनिज कोइराला, संजय खतिवडा, पुष्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, पुनम गौतम, सान, अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, विन्दिया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराजलगायतको अभिनय रहने छ । 
 
कार्यक्रममा चलचित्र निर्माता संघका महासचिव रोज राणा, वितरक निर्माता गोपाल कायस्थ, निर्माता तथा चलचित्र वितरक सुशील पोखरेललगायतले फिल्म  निर्माण सफलताका लागि शुभकामना दिएका छन् ।
 
थ्रिलर र सस्पेन्स विषयमा भरपुर नारी एक्सन समेटिएर फिल्म निर्माण हुन लागेको निर्देशक मदन घिमिरेले बताए ।
 
चैत्रको पहिलो साताबाट छायांकनमा निस्कने फिल्ममा रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहने छ ।  फिल्मका निर्माण नियन्त्रक नारायण चालिसे रहेका छन् ।