मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

न्युयोर्कका गभर्नर कुमोमाथि स्वतन्त्र छानविन हुने

न्युयोर्कका गभर्नर कुमोमाथि स्वतन्त्र छानविन हुने

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-हिमालय खबर, न्युयोर्क
न्युयोर्कका गभर्नर एण्ड्र्यु कुमोमाथि स्वतन्त्र छानविन हुने भएको छ । दोस्रो महिलाले पनि कुमोमाथि यौन हिंसाको आरोप लगाएपछि कुमो छानविनमा तानिने भएका हुन् ।   
  
२५ वर्षीया पूर्वकर्मचारी चार्लोट बेन्नेटले कुमोले आफूमाथि यौन हिंसाजन्य व्यवहार गरेको आरोप लगाएको रिपोर्ट न्युयोर्क टाइम्सले प्रकाशन गरेको थियो । पीडित भनिएकी महिला बेन्नेट कुमोको कार्यालयकी पूर्वस्वास्थ्य सल्लाहकार हुन् ।    
   
उनका अनुसार गत वर्षको शरद मौसममा कुमोले आफू २० वर्षीया महिलासँग डेट गर्न पनि खुल्ला रहेको बताएका थिए । तर, कुमोले आफूलाई कहिले पनि नछोएको भए पनि आफूसँग सुत्न चाहेको बेन्नेटले आरोप लगाएकी छिन् ।    
   
सो घटनाबारे कुमोका कर्मचारी प्रमुख र कानुनी सल्लाहकारलाई भनेको र त्यसपछि उनलाई सरुवा गरिएको दाबी आरोप लगाउने महिलाको छ ।
   
स्वतन्त्र छानविनबारे बाइडेनको समर्थन :
न्युयोर्कका मेयर ब्लाजिओले गरे राष्ट्रपतिलाई फोन
   
गभर्नर कुमोमाथि यौन हिंसाको आरोप लागेपछि न्ययोर्कका केही जनप्रतिनिधिहरुले उनीमाथि छानविन हुनुपर्ने माग गरेका छन् । स्वतन्त्र छानविनको माग गर्दै न्युयोर्कका डेमोक्रयाटीक मेयर बिल डे ब्लाजिओले राष्ट्रपति जो बाइडेनलाई फोन गरेका थिए ।    
   
सो कुराको पुष्टि गर्दै बाइडेनका प्रेस सेक्रेटरी जेन पास्कीले कुमोमाथि हुने स्वतन्त्र छानविनलाई समर्थन गर्ने जनाएका छन् ।  
  
कुमोद्वारा आरोप अस्वीकार तर छानविनलाई सहयोग गर्ने
  
गभर्नर कुमोले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । शनिबारको नियमित ब्रिफिङका क्रममा कुमोले बेन्नेटमाथी त्यस्तो दुुव्र्यवहार केही नगरेको न त उनलाई असहज हुने कुरा गरेको दाबी गरे ।    
   
कुमोका अनुसार कहिलेकाहीँ मजाक गरिएको हुन सक्छ तर त्यो हिंसाजन्य हैन । कामको सिलसिलामा केही व्यङ्ग  गरिए पनि हिंसा प्रेरित नभएको कुमोको भनाइ छ । उनले स्वतन्त्र छानविनलाई सहयोग गर्ने बताएका छन् ।
      
कुमोमाथि यही सातामात्र यौन हिंसाको यो दोस्रो आरोप हो । केही दिनअघि ३६ वर्षीया लिण्ड्से बोयलानले पनि कुमोले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन । यही बेला कुमोले नर्सिङ होममा कोरोनाबाट मृत्यु हुनेको तथ्यांक लुकाएको आरोप पनि झेलिरहेका छन् ।
   
गत वर्ष कोरोना भाइरसको इपिसेन्टर हुँदा आफ्नो राज्यलाई राम्रोसँग नेतृत्व दिन सकेका कारण बाहबाही कमाइरहेका कुमोको अवधि सन २०२२ मा सकिँदैछ । न्युयोर्कमा आगामी वर्ष गभर्नरको निर्वाचन हुने भएका कारण कुमोलाई पुनः निर्वाचित हुन नदिन आफ्नै दल डेमोक्रयाटीक भित्रैबाट पनि खेल खेलिएको कतिपयको विष्लेषण छ ।