मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

एनआरएन अमेरिका नेपालीहरुको माइतीघर बन्न सक्नु पर्छ

एनआरएन अमेरिका नेपालीहरुको माइतीघर बन्न सक्नु पर्छ

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

त हप्ता अर्थात् फेब्रुरारी महिनाको १५ तारिखमा एन आर एन अमेरिकाको आगामी २०२१-२०२३ कार्यकालको लागि चुनावमा भोट दिने हेतुले संचालन गरिएको मेमेबेर्शिप ड्राइभ सकिएको छ। सामाजिक संजाल मार्फत धेरै जोड तोडले संचालन गरिएको यो मेमेबेर्शिप ड्राइभमा प्रतक्ष्य र अप्रतक्ष्य रुपमा धेरै नेपालीले सहयोग गरे। 
 
बढी भन्दा बढी नेपालीहरु संस्थाको सदस्यता लिउन र परदेशमा एकको सहयोगी होउन भन्ने भावनाका साथ् स्वस्फुर्त रुपमा मैले पनि आफ्नो पुरै बल लागएर मेमेबेर्शिप ड्राइभमा सहयोग गरेको थिए । खुसि छु धेरै साथीहरुलाई सस्थाको सदस्यता दिलाउन सफल भए तर केहि दुखि पनि छु किनकी कति साथीहरु समक्ष प्रतक्ष्य रुपमा पुग्न सकिएन र तिनीहरु सदस्य बन्न र भोट दिन्न बाट बन्चित हुने भए। 
 
तर यहाँ मेरो व्यक्तिगत सफलता भन्दा पनि सस्थागत रुपमा हामी मेमेबेर्शिप ड्राइभमा कति सफल भयौ त ? त्यसलाई यो लेख मार्फत केलाउन खोजेको छु।
 
एन आर एन अमेरिकाको वेब साइटमा प्रकासित मेम्बरको लिस्ट अनुसार यो पटक १८०५४ जनाले साधारण सदस्यता लिए। स्मरण रहोस यो तथ्यांकले नया र पुरानो नविकरण गरिएको साधारण सदस्य संख्या जनाउदछ। जबकी २०१७-२०१९ को लागि केवल ७९१४ जनाले साधारण सदस्यता लिएका थिए। यदि पुरानो कार्यकालको सदस्यता र हालको सदस्यता तुलना गर्ने हो भने एन आर एन अमेरिकाले यसपाली मेमेबेर्शिप ड्राइभमा निकै नै सफलता प्राप्त गरेको देखिन्छ।
 
हामी सबैले यसलाई सकारात्मक र संस्था प्रति नेपालीको बढ्दो मोहको रुपमा पनि लिन सक्छौ। तर के एन आर एन अमेरिकाले साचिकै धेरै नै राम्रो राम्रो काम गरेर यो सदस्य संख्या बढेको हो त ? हुन् त् जग जाहेर छ र यसमा अधिकांस नेपाली खुलेरै पनि भने गर्छन कि एन आर एन अमेरिका र यिनका पदाधिकारीहरु सक्रिय हुने भनेको नेपालको पार्टीहरु जस्तै चुनावको वेला मात्र हो। अप्रमाणित तथ्यांक अनुसार अमेरिकामा नेपाली को जनसंख्या पुग न पुग तिन लाख भन्दा बढी छ। त्यसैले २०१९ सालको सात हजार अथवा २०२१ सालको (हाल) अठार हजार सदस्यहरु हुनु न हुनुले कम्तिमा मेरो लागि कुनै अर्थ राख्दैन लाग्दैन तर के गर्नु जे छ यति नै छ र यसैलाई आधार मानेर नै मैले पनि यो लेख तयार पार्दै छु।
 
सब भन्दा पहिले यो बढ्दो सदस्यता एनआरएन अमेरिकाको सभापति सुनिल साह र विभिन्न स्टेटका एनआरएन पधादिकारीहरुको अगुवाई र सक्रियतामा संचालन गरिएको कोविड-१९ को सहयोग कार्यक्रमकै प्रतिफल हो भने कुरामा जोड दिन चाहन्छु । यस सहयोग कार्यमा संस्थाका धेरै पधाधिकारी हरुले आ- आफ्नो स्टेटमा आफ्नो ज्यान जोखिममा राखेर पनि कोविड-१९ वाट पिडित परिवारलाइ औषधि र खाद्दान घर-घर पुर्याएर सहयोग गरेका थिए। म न्यु योर्कमा बस्छु र यो सहर कोविडवाट सब भन्दा बढि ग्रसित भएको सबलाई थाहा छ। कम्तिमा मैले यो पुण्य कार्य प्रतक्ष्य रुपमा हेर्न र भागलिन मौका पाएको थिए । र वास्तवमा भन्ने हो भने एनआरएन अमेरिकाले आफ्नो सदस्यहरुको लागि गर्नु पर्ने काम थियो र गर्यो पनि। हार्दिक नमन सस्था र संस्थाका कोविड-१९ सहयोगी टिम लाइ। यस्ता कार्यले सदैव सस्थाको गरिमा लाइ बढाउछ।
 
तर सदस्य संख्या बढ्ने त्यो मात्र एक कारण पक्कै पनि होइन। न्युयोर्कमा नेपालीहरुलाई काम र कोठा खोज्नको लागि यौटा प्राइवेट फेसबुक समुह छ जसको नाम रहेको छ, न्युयोर्क नेपाली काम पोस्ट। यो लेख तयार पर्दाको समयमा उक्त समुहको सदस्य संख्या १७३०० रहेको छ । त्यस्तै नेपालीहरुको अर्को ठुलो समुहको नाम हो, युस नेपाल नेपाल हेल्प नेटवर्क। जसको सदस्य संख्या ३१६०० रहेको छ। अमेरिकामा यी र यस्ता थुप्रै सामाजिक संजालमा समुह हरु छन् जहाँ हजारौ नेपालीहरु सदस्य छन् र एक-अर्कालाई विभिन्न सहयोग गरिरहेको देखिन्छन । र यो प्रस्न मैले केहि एनआरएन अमेरिकाको पधादिकारी हरुलाई पनि सोधेको थिए र मैले जबाब पाए – ति सामाजिक संजालमा आबद्ध हुन् पैसा तिर्नु पर्दैन। र मैले प्रति-प्रस्न पनि गरेको थिए, जुन संस्थामा नेपालीको कुनै मोह नै देखिदैन त्यो संस्थामा २० डलर लिएर सदस्य बनाउनु भन्दा फ्रीमा सदस्यता दिंदा कस्तो होला ? किन कि सदस्य विना संथाको भविष्य के त ? यदि हामी संस्थालाई अमरिकामा बस्ने हरेक नेपालीको संस्था बनाउन चाहन्छौ भने सदस्य संख्या बढाउँ जरुरि छ। नत्र यो केहि पैसावालको सस्था/क्लब र नेपालको राजनीति अमेरिकामा खेल्ने थलोको रुपमा मात्र रहने छ। र यसरि त हामी सस्थाको असली उदेश्य कहिले पनि प्राप्त गर्न सक्दैन। यति भन्दा भन्दै पनि मैले एनआरएन अमेरिकाको अन्य राम्रो कामहरुलाई ओझेल पर्न खोजेको पक्कै पनि होइन तर संस्थाको नेतृत्व वर्गले ति राम्रा कामहरुलाई आफ्नो वेब साइट अथवा आफ्नो सर्कल भित्र मात्र जानकारीमा नराखी अमेरिका मा बस्ने हरेक नेपाली सम्म पुर्याउन सक्नु पर्छ।
 
फेरी त्यहि प्रस्न कसरि बढ्यो त एनआरएन को सदस्यता? यदि तपाई सामाजिक संजालमा हुनु हुन्छ भने तपाइले केहि हद सम्म अनुमान लगाइसक्नु भएको होला। हो अहिले कोविड-१९, पाण्डेमिकको कारण फेसबुकमा धेरै नेपालीहरुको धेरै किसिमका सहयोगी समुह खुलेका छन् जस मध्ये प्रमुख हो नेपाली रोबिनहुड, जसको एघार हजार भन्दा बढी सदस्यहरु रहेका छन। यो समुहले विगत एक वर्ष देखि नेपालीहरुको आर्थिक अवस्थालाई उकसनको लागि स्टक मार्केटको बारेमा जानकारी दिने काम गर्दछ। र यो समुहका दुइजना सक्रिय एडमिनहरुले आउदो चुनावमा उम्मेदवारी दिने घोसना गरिसकेका छन्। र उनीहरुले आफ्ना सदस्यहरुलाई पनि एनआरएन अमेरिकाको सदस्यता लिन र भोटमा सहयोग गर्नको केहि दिन अगाडी अपिल गरेका थिए। नेपाली समाजको लागि केहि पनि योगदान नदिएको उम्मेदवारलाइ भोट दिनु भन्दा पहिले नै समाजको हितमा कार्यरत यी युवाहरु को जित या हार चुनाव पछि नै थाहा होला तर सदस्यता बढ्नुमा यो समुहको पनि थेरै ठुलो हात रहेको कुरा लाइ नकार्न सकिदैन। कारण जुनसुकै भएपनि, एनआरएन को सदस्यता बढ्नु आफै मा पनि यौटा ठुलो कुरा हो र यसमा सहयोग गर्ने सबैलाई हार्दिक नमन गर्नु पर्छ।
 
तर आउने दिनहरुमा सदस्यता बढाउनको लागि एनआरएन अमेरिकाले के के गर्न सक्छ त, वुँदागत रुपमा हेरौ

– संस्थाले हरेक स्टेटमा रहेका आफ्ना च्याप्टर र अन्य स्थानीय नेपाली सस्थाहरु संगको सहकार्यमा सामाजिक संजालमा यौटा वृहत (अमेरिकका भरिको) समुह बनाउनु पर्छ अथवा पहिले देखि नै रहेको समुहलाई अगाडी सारेर सदस्य संख्या बढाउनु पर्छ ( यहाँ सदस्य संख्या बढाउने भनेको हाल सामाजिक संजालको लागि मात्र भनेको हो जसको लागि संस्थाको २० डलरको जरुरि पर्दैन)। र त्यहाँ वाट आफ्नो राम्रो राम्रो काम हरु देखाएर सस्थाको असली संख्या बढाउन सकिन्छ।
– संस्थाको सदस्यता बढाउनको लागि सस्था र पधाधिकारीहरुले केहि नियम पालना गर्नु पर्ने हुन्छ जस्तै: नेपाली राजनीतिक पार्टी र तिनका नेताहरु प्रति झुकाव हुनु स्वभिक भएपनि, अमेरिकामा बसेर दिन रात तिनको गुनगान गाउनु भन्दा पनि अमेरिकन नेपालीको समस्याको सहि पहिचान गरेर कार्यक्रमहरु गर्ने । 
-चुनावको वेलाम मात्र नभई अरु वेलापानी आफ्नो सक्रियता कायम राख्ने, मरण-हरण अथवा आपत विपतको वेलामा एकजुट भएर सहयोग गर्ने वा गराउने ।
-हरेक स्टेट जहाँ नेपालीहरुको बाहुल्यता छ, त्यहाँ स्थानिय नेपाली संस्थाहरु संग हातेमालो गर्दै नेपाली कम्युनिटी सेन्टरको स्थापना गर्दै जाने ।
– ठाउँ-ठाउमा स्थानीय लाइब्रेरीहरु संगै सहकार्य गर्दै नेपाली भाषाका पुस्तकहरु राखेर नेपाली लाइब्रेरीहरु स्थापन गर्दै जाने।
– नेपाली बाहुल्य ठाउहरुमा नेपाली पाठशालाको निर्माण साथै अनलाइन कक्षाको व्यवस्था गर्दै जाने ।
 
यस्ता धेरै काम हरु छन् जुन हामी कुनै एक स्टेट वाट सुरुवात गरेर अगाडी बढ्न सक्छौ।
 
अमेरिकामा बस्ने नेपाली एनआरएनहरु कुनै वर्क परमिटमा केहि समयको लागि बस्नको लागि नआएको कारण, हाम्रा समस्याहरु अन्य देसको एनआरएन भन्दा फरक रहेको छ। त्यसैले एनआरएन अमेरिका संस्था र पधाधिकारीहरु यौटा पृथक सोच लिएर अगाडी बढ्नु पर्ने हुन्छ जुन मैले एकाध मिटिंगहरुमा उठाई सकेको छु। अन्तमा एनआरएन अमेरिका यौटा संस्था मात्र नभई अमेरिकामा बस्ने हरेक नेपाली को माइती घर बन्नुपर्छ र त्यसको सुरुवातको लागि त्यस्तै सोच भएका व्यक्ति सस्थाको निर्वाचनमा भागलिने र सस्थाको निर्वाचित पधादिकारी भएर आउनु पर्ने हुन्छ।
 
जय नेपाल। जय एनआरएन
 
लेखक विनोद शाह जीआइएस (GIS) विज्ञ तथा न्युयोर्क सामाजिक अभियन्ताका रुपमा न्युयोर्कमा बसोबास गर्दै आएका छन् ।
[email protected]