मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भेद्भाव र असमानता अन्त्य नभएसम्म सङ्घर्ष जारी रहन्छ : अध्यक्ष यादव

भेद्भाव र असमानता अन्त्य नभएसम्म सङ्घर्ष जारी रहन्छ : अध्यक्ष यादव


जनकपुर । जनता समाजवादी पार्टीका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले मुलुकमा जारी भेद्भाव र असमानता अन्त्य नभएसम्म सङ्घर्ष जारी रहने बताएका छन् ।  
 
जमिअत उलमाए नेपालद्वारा सोमबार जनकपुरमा आयोजित मुस्लिम समुदायको समस्या तथा समाधान विषयक अन्तरक्रिया र उपेन्द्र यादवद्वारा लिखित ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ नामक पुस्तकको उर्दू संस्करणको विमोचन कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।   
 
अध्यक्ष यादवले मुलुकमा ठूलठूला राजनीतिक परिवर्तन भए पनि शासकीय मानसिकता, प्रशासकीय नजरिया र प्रशासनिक शक्तिमा परिवर्तन हुन नसकेको कारण भेदभाव र असमानता यथावत रहेको उल्लेख गरे । 
 
सो अवसरमा मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदायलाई शिक्षामा जोड दिँदै अशिक्षाकै कारण मुस्लिम समुदाय गरिबी र असमानताको सिकार भएको उल्लेख गरे । मुस्लिम समुदायलाई मुलुकको मूलधारमा ल्याउनु आजको आवश्यकता रहेको उल्लेख गर्दै उनले प्रदेश सरकार त्यसै दिशामा अघि बढेको स्पष्ट पारे । 
 
असगर अली देवानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा, साहित्यकार रामभरोस कापडीलगायतका वक्ताहरुले आआफ्ना धारणा प्रकट गरे । रासस