मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिका विश्वको नेतृत्व गर्न फर्किएको छ : विदेशमन्त्री ब्लिंकेन

अमेरिका विश्वको नेतृत्व गर्न फर्किएको छ : विदेशमन्त्री ब्लिंकेन


वासिङ्टन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका पूर्ववत स्थितिमा फर्किएको बताएका छन् ।    
 
महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्त्वाकांक्षाजस्ता मुद्दा सुल्झाउन सघाउनका लागि पूर्णरूपमा संलग्न रहेको उनले बताए ।   
 
बीबीसी समाचार समितमा दिएको आफ्नो पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्तामा ब्लिंकेनले कोभिड–१९ विरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिएका छन् ।    
 
सो अन्तर्वार्ताको क्रममा कोरोनाभाइरसको उत्पत्तिको विषय खोजको लागि पारदर्शिताको अभाव देखाएको भन्दै चीनको समेत आलोचना गरेको समाचारमा जनाइएको छ  । 
   
अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन आएपछि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कैयौँ निर्णयलाई उल्टाइएको छ । एजेन्सी