मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

संस्थामा लाग्नु भनेको केहि पाउने मात्र नभई, संस्था मार्फत केहि गर्ने सोचको विकास गरौ

संस्थामा लाग्नु भनेको केहि पाउने मात्र नभई, संस्था मार्फत केहि गर्ने सोचको विकास गरौ


सार्क राष्ट्र बाहेक र नेपाल सरकारको औपचारिक मिसनको काम बाहेक अन्य कुनै पनि देसमा व्यापार-व्यवसाय तथा विभिन्न पेसामा आवद्ध भएर काम गरिरहेको सम्पूर्ण नेपाली हरुलाई गैर आवासीय नेपाली भनेर नेपाल सरकारले परिभाषित गरेको छ। 
 
यो संस्थाको औपचारिक स्थापन २००३ सालमा भएर हाल संसारको ८१ वटा देसमा आफ्नो राष्ट्रिय इकाईहरुको स्थापन गरिसको । यो संस्थाको प्रमुख काम भनेको विदेशमा छरिएर रहेका नेपालीहरुलाई एक सुत्रमा बाधेर राख्ने, उनीहरुको हकहितको सुरक्षको लागि सदैव तत्पर रहने र विदेशमा सिकेका शिप र ज्ञान मार्फत नेपालको बिकासमा टेवा पुर्याउने रहेको छ। 
 
एक चोटीको नेपाली सधैको नेपाली मूल मन्त्रको साथ, हाल यो संस्था मार्फत नेपालको समग्र विकासको लागि विभिन्न क्षेत्रम लगानीहरु बढ्दै गएको छ। यो संस्थाको बिधान अनुसार विभिन्न देसमा रहेका राष्ट्रिय समन्वयन समितिहरुको हरेक २ वर्षमा यौटा नयाँ कार्य समित्तिको लागि निर्वाचन हुने गर्दछ। 
 
त्यसै अनुसार गैर आवासीय नेपाली संस्था – अमेरिकाको २०२१-२०२३ कार्यकालको लागि मेम्बेर्सिप ड्राईभ जोडतोडले चल्दै छ, र अन्तिम समय फेब्रुअरी १५ को समय ११ बजेर ५९ सम्म रहेको छ। तर अरु देस जस्तै अमेरिकामा बस्ने धेरै नेपाली हरुको बीच यो संस्था पुग्न सकेको छैन। यो संस्थामा पनि नेपाली राजनीतिक पार्टीहरुको संस्कार देखिन्छ जहाँ काम भन्दा पार्टीगत कुराहरुलाई बढी जोड दिने गरिन्छ। 
 
संस्था भित्र जस्तो सुकै समस्या भएपनि यसलाई सुधारेर लाने र यसलाई सम्पूर्ण नेपालीको सस्थाको रुपमा विकास गर्नको लागि हामी सबै यसमा आवद्ध हुने पर्ने जरुरि छ। 
 
हाल एउटा सामाजिक अभियन्ताको रुपमा मैले पनि मेम्बेर्सिप ड्राईभलाई सहयोग गरिरहेको अवस्थामा धेरै नेपाली को प्रश्न, यो संस्थामा लगेर हामी के पाउछौ भनेर के पाउछौ भनेरै रहेको मैले पाए। मैले त्यसको सटिक उत्तर यसरि दिने गरेको छु : संस्थामा लाग्नु भनेको केहि पाउने मात्र नभई, संस्था मार्फत केहि गर्ने सोचको विकास गरौ | 
 
तथापी मैले छोटकरीमा यो संस्थामा लगेर के पाउन सकिन्छ भनेर मैले आफ्ना विचारहरु नेपाली समुदायलाइ जानकारी गराउदै, आज अन्तिम दिन भएको कारण स्वस्फुर्त रुपमा समयमै सदस्यता लिई दिनु हुन् सम्पूर्ण सदस्यहरुलाई हार्दिक अनुरोध गर्दछु |
 
संस्थामा आवद्ध हुँदा हुने केहि फाइदाहरु :

– नेपाल सरकार द्वारा एक मात्र मान्यता प्राप्त गैर आवासीय संस्थामा आवद्ध हुने अवसर।
– नेपाल सरकारलाई दोहरो नागरिकताको लागि दबाब दिन सकिन्छ |
– विदेमा नेटवर्क मार्फत आर्थिक उन्नतिको लागि एक अर्कालाइ सहयोग र हातेमालो गर्न सकिन्छ।
– हामीले कसैलाई विदेशमा आपत बिपतमा परेका नेपाली लाइ प्रत्यक्ष वा अप्रतक्ष्य रुपमा सहयोग गर्न सक्छौ ।
– विदेशमा धेरै भन्दा धेरै नेपालीको सम्पर्कमा बस्न र केहि नयाँ कुराहरु सिक्न मद्धत गर्दछ।
– संस्थाको कमिटीमा बसेर समुदायमा आधारित प्रोजेक्टहरु छन् भने त्यसलाई साकार पर्न सकिन्छ।
– नयाँ-नयाँ प्रोजेक्टहरु संस्था मार्फत नेपाल लगेर आफ्ना गाउ-ठाउँको विकास गर्न सकिन्छ।

यो बाहेक हामीले धेरी फाईदाहरु लिन सक्छौ तर त्यसको लागि संस्थामा आवद्ध भएर, असल नेतृत्वलाई चुन्नु पर्ने हुन्छ। त्यसैले समयमै सदस्यता लिएर आफुलाई पनि सहयोग गरौ र संस्थालाई अगाडी बढाउने अभियानमा लागौ। जय नेपाल !
 
 
लेखक विनोद शाह जीआइएस (GIS) विज्ञ तथा न्युयोर्क सामाजिक अभियन्ताका रुपमा न्युयोर्कमा बसोबास गर्दै आएका छन् ।
[email protected]