मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

जिपीके फाउण्डेसनको पहलमा न्युयोर्कमा कोभिड परिक्षण

जिपीके फाउण्डेसनको पहलमा न्युयोर्कमा कोभिड परिक्षण

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क – गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरको पहलमा न्युयोर्कको क्वीन्समा  कोभिड १९ को परीक्षण सम्पन्न भएको छ । फाउण्डेशनले लिगल गुड र सामुदायिक विकासको लागी अन्तरद्रोही परिषद संग सहकार्य गर्दै न्युयोर्कको क्वीन्स स्थीत मोनार्क क्लीनिकमा निशुल्य कोभिड परिक्षण गराएको हो । कोभिड परिक्षणको लागि क्लिनिककी डाक्टर अलिसीया अलमेन्ड्रलले प्राविधिक सहयोग गरेको फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिए । 
 
फेब्रुअरी ६ शनिवारका दिन सम्पन्न भएको कोभिड परिक्षणमा ४७ जना नेपालीको पीसीआर टेष्ट गरिएको थियो । “स्वाब एण्ड सेभ लाईभ्स” अभियान अन्तर्गतको सो कार्यक्रममा क्वीन्स बोरो प्रेसीडेन्ट अफिसका सहायक प्रेसिडेन्ट एंव पुर्व उपनिर्देशक, यु.एस. डिपार्टमेन्ट अफ स्टेटका रोन्डा बिन्डा प्रमुख अतिथीको रुपमा रहेका थिए ।
 
 कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष सुवर्ण लामा, तथा रेखा श्रेष्ठ, राम चन्द्र अधिकारी, राजेश आचार्य, प्रेम अधिकारी क्षेत्री, लिगल गुडकी अध्यक्ष लारा ग्रेगोरी, फिलिपीनो अमेरिकनकी नेत्री सिसीली लाई लगायतको विशेष उपस्थिती रहेको थियो । सो कार्यक्रमबारे फ्रेबवरी ४मा “स्वाब एण्ड सेभ लाईभ्स” को जुम मार्फत प्रत्यक्ष प्रक्षेपण गरिएको थियो । सो कार्यक्रममा यु.एस. कांग्रेस वुमेन ग्रेस मेड., न्युयोर्क राज्यका ऐसेम्ब्लीमेम्बर द्वय जेनिफर राजकुमार, खलिल ऐन्जरसन, न्युयोर्क राज्यका सेनेटर लेरोय काम्री, न्युयोर्क शहरका सिटी काउन्सीलमेन बेरी ग्रोडेनचुक को उपस्थीति रहेको थियो । 
 
फाउण्डेसनका अध्यक्ष घिमिरेका अनुसार च्याप्टरले लिगल गुड, आ.सि.सि.डी लगायत बिभिन्न संघसंस्थाहरु संग सहकार्य गर्दै “स्वाब एण्ड सेभ लाईभ्स” को अभियान बृहत तरिकाले अगाडि बडाउने र कोभिड १९ को खोप पनि अब छिट्टै सबै माझ पुर्र्याउनका लागी पहल गर्नेछ ।