मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

सिनेटले पारित गर्यो खर्बौंको राहत प्याकेज

सिनेटले पारित गर्यो खर्बौंको राहत प्याकेज

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वसिङटन डिसीअन्ततः अमेरिकी सिनेटले महत्वकांछी र बहुप्रतिक्षित राहत प्याकेज पारित गरेको छ । अमेरिकी सिनेटमा लामो बहस र प्रक्रियापछि राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेको एक दशमलव नौ ट्रिलियनको राहत प्याकजेज पारित भएको हो ।
 
सिनेटमा भएको मतदानमा पक्ष र विपक्षमा बराबरी ५०–५० मत परेको थियो । मतदानमा बराबरी
मत परेपछि उपराष्ट्रपतिले मतदान गर्ने नियम छ । कमला ह्यारिसले प्रस्तावको पक्षमा मतदान गरेपछि राष्ट्रपतिको प्रस्ताव पारित भएको हो । तर प्रस्ताव केही संसोधन सहित पारित गरिएको छ । 
 
कतिपय संसोधन रिपव्ल्किनहरुले प्रस्ताव गरेका छन भने कतिपयमा डेमोक्र्याटहरुको प्रस्ताव रहेको छ । रिपव्लिकन सिनेटरले गरेको दुई संसोधन प्रस्तावपनि सिनेटले पारित गरेको हो । रिपव्लिकनहरुले महामारीको बेला ज्याला न्युनतम १५ डलर पुर्याउने प्रस्तावको विपक्षमा संसोधन मागेका थिए । 
 
त्यसैगरि काजगपत्र विहिनलाई राहत चेक दिने राष्टप्रतिको प्रस्तावमाथी संसोधन हुनुपर्ने रिपव्लिकनहरुको मागपनि सिनेटले पारित गरेको छ । रेष्टुरेन्ट व्यवसायीलाई राहत दिने रिपव्लिकनहरुको प्रस्तावलाईपनि सिनेटले पारित गरेको छ । त्यस्तै धेरै आम्दानी हुनेहरुलाई राहत चेक दिन नहुने डेमोक्रयाट र रिपव्किनहरुको संसोधन प्रस्तावपनि सिनेटले पारित गरेको हो ।
 
के छ त सिनेटले पारित गरेको राहत प्याकेजमा ?
 
सिनेटले पारित गरेको पछिल्लो राहत प्याकेज राष्ट्रपति निर्वाचन अघि नै डेमोक्रयाटहरुले प्रस्ताव गरेको एजेण्डा हो । निर्वाचन अघि प्रतिनिधि सभामा डेमोक्रयाटहरुको बहुमत भएपनि सिनेटमा भने रिपव्लिकनहरुको बाहुल्यता थियो। 
 
यसकारण सो प्रस्ताव पारित हुन सकेको थिएन । अर्को तर्फ निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प नै सो प्रस्तावको विपक्षमा रहेका कारण पारित हुने कुरै थिएन । तर अहिले राष्ट्रपति जो बाइडेन छन भने सिनेटमा पनि डेमोक्रयाटहरुको बहुमत छ । यसकारण सो प्याकेज पारित हुन सकेको हो ।
 
सो प्याकेजमा अमेरिकी नागरिक तथा ग्रिन कार्ड हुनेहरुले प्रतिव्यक्ति १४ सय डलरको चेक पाउने छन । यद्यपि आम्दानी धेरै हुनेहरुको हकमा भने यो प्रस्ताव लागु नहुन सक्छ । तर धेरै आप्रवासी तथा नेपालीहरु यसबाट लाभान्वित हुन सक्ने देखिन्छ । किनकी धेरै नेपालीहरुको आम्दानी मध्यम स्तरको भएकोले सो प्याकेज अनुसार अधिकांशले १४ सय डलर पाउन सक्ने अनुमान गरिएको छ । 
 
तर उच्च आम्दानी भएकाहरुको हकमा भने सो लागु नहुन सक्छ । त्यसैगरी रेष्टुरेण्ड व्यवसायीको लागि पनि सिनेटको प्रस्ताव लाभदायक हुनसक्ने अनुमान गरिएको छ । महामारीको बेला बन्द हुन पुगेका रेष्टुरेण्ट व्यवसायीहरुलाई पनि राहत प्याकेजले समेटने छ ।
 
सो प्याकेजलाई अन्तिम रुप दिन अझै संसदीय प्रक्रिया बांकी रहेपनि डेमोक्रयाटहरुले प्रस्ताव गरेको र दुवै सदनमा बहुमत भएकाले सहज रुपमा कानुनी रुप लिने विस्वास गरिएको छ ।