एनआरएन विशेष

एनआरएनए अमेरिका अध्यक्षमा तिलक केसीले उम्मेदवारी दिने

प्रकाशित |
अमेरिका- एनआरएनए अमेरिकाको अध्यक्षपदमा तिलक केसीले उम्मेदवारी दिने तयारी गरेको वताएका छन् ।
 
एनआरएनएनए अमेरिकामा सेन्डिकेट वनाउने विरुद्ध अध्यक्षका लागि मेरो दावेदारी रहन्छ केसीले भने यसका लागि सरसल्लाह गरिरहेको छु ।
 
मैले अध्यक्षमा उम्मेदवारी नदिएपनि सेन्डिकेट वनाई संस्थालाई कमजोर वनाउने विरुद्ध खडा हुने छु केसीले भने ।   केसी हाल एनआरएनए अमेरिकामा बोर्ड सदश्य छन् ।
 
केसीले अमेरिका वस्ने सवै नेपाली समुदायलाई एनआरएनए अमेरिकाको सदश्यता लिन पनि आग्रह गरेका छन् । स्वस्फुर्त रुपमा वढी भन्दा वढी सदश्य हुदां सेन्डिकेट वनाउनेहरुको उद्देश्य पुरा नहुने वताउंदै केसीले यसका लागि समयमै एनआरएनए अमेरिकाको सदश्यता लिन आग्रह गरेको वताए । एनआरएनए अमेरिकाको सदश्यता लिने समय फ्रेवअरी १५ सम्म छ । 
 
केसीले एनआरएनए अमेरिकामा भैरहेको अप्राकृतिक चलखेल र सिन्डिकेट समाप्त गर्न संस्थाको सदश्यता लिन समेत केसीले आग्रह गरेका छन् ।
 
केसीले हिमालयखवरसंग कुरा गर्दै सदश्य वनाउने क्रममा नक्कली सदश्य वनाई संस्था कब्जा गर्ने कार्यले भईरहंदा एनआरएनए अमेरिका कमजोर भएको पनि उनले वताए । 
 
संस्थालाई जसरी पनि आफ्नो कब्जामा राख्नु पर्छ भन्ने सोच, राजनीति र मात्र चुनाव केन्द्रित सकृयतता अहिले पनि हावी हुने अवस्था देखिएको हुदां सचेत हुनुपर्ने पनि केसीले वताएका छन् । 

केसीद्वारा जारी विज्ञप्तीः

एनआरएनएको सिन्डिकेट तोड्न सदस्य बनौँ
गैरआवासीय नेपाली संघ अमेरिकाका बोर्ड अफ डाइरेक्टर तथा अध्यक्षका दाबेदारको रुपमा हेरिएका तिलक केसीले एनआरएनए अमेरिकामा भैरहेको अप्राकृतिक चलखेल र सिन्डिकेट अन्य गर्नेको लागी सदस्य बन्नको लागी समस्त अमेरिकावासी नेपालीलाइ आग्रह गर्नुभएको छ । आज एक प्रेस विज्ञप्ति मार्फत केसीले मेम्बरसिप ड््रइभको नाममा नक्कली सदस्य बनाइ एनसीसी कब्जा गर्ने परम्पराले एनआरएनए अमेरिकाको छवि अन्तराष्ट््िरय रुपमै धुमिल बन्न पुगेको अवस्थामा संस्थाको शुद्धिकरणका जरुरी भएको भन्दै सबैले संस्थामा लागेर मात्र परिवर्तन गर्न सकिने दाबी गर्नु भएको छ ।

“एनआरएन फोहोरि भयो भनेर गाली गरेर समाधान निस्कन्न बरु सफा गर्ने आफै पसौँ ।” अपवित्र आर्थिक चलखेल र राजनीतिक प्रभावले एनआरएनएको मर्म मर्दै गएको छ, चुनावलाइ मात्र लक्षित गरि गतिबिधि संचालन गर्दा संस्थाको समग्र विकास सम्भव छैन । “हामी आजसम्म भोटर बन्यौँ अब सदस्य बन्नु जरुरि छ,” केसीले उल्लेख गर्नुभएको छ । आफै पैसा तिरेर सदस्य बनाउने र चुनाब कब्जा गर्ने रणनीति बिगतदेखी नै चलिआएको छ, यो परिपाटि रहुन्जेल संस्थाको प्रगति सम्भव छैन ।  गुट उपगुटले एनआरएनए अमेरिका थिल्थिलो भैसक्यो अब शुद्धिकरणमा ढिलाइ गर्नुहुन्न भन्ने अग्रह गर्दै केसीले सबैले सदस्यता लिइ सहि नेतृत्व चुन्ने अबसरको उपयोग गर्न आग्रह गर्नु भएको छ । एनआरएनए विदेशमा रहेका हामी समस्त नेपालीको गौरव र गरिमाको प्रतिक हो यस्तो प्रतिष्ठित संस्थालाइ थप प्रदुषित हुन नदिउँ भन्दै केसीले अमेरिकामा रहेका सबैखाले संस्थासंग हातेमालो गर्ने संस्था हुनाले स्थानिय समाजिक संघसंस्थाहरुले पनि सदस्यता अभियानमा साथ दिन आग्रह गर्नु भएको छ ।

सिन्डिकेट तोडौँ नेपाली जोडौँ भन्ने मुल नारा लिएका केसीले एक सक्षम एनआरएनए निर्माणको आफ्नो अभियानमा साथ दिन समग्र अमेरिकाबासी नेपालीलाइ आग्रह गर्नुभएको छ ।  
 
- हिमालयखबर संवाददाता, न्युयोर्क

- हिमालयखबर संवाददाता, न्युयोर्क -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया