मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो


वासिङ्टन । विश्वभर कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अतिप्रभावित देशको सूचीमा परेको छ ।  
 
अमेरिकामा दुई करोड ५० लाख व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । यस भाइरसको सङ्क्रमणको कारण अमेरिकामा चार लाख २० हजार व्यक्तिको मृत्यु भइसकेको छ । 
 
यद्यपि अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप कार्यक्रमलाई अगाडि बढाउने वाचा गरेका छन् । अमेरिकाको सम्पूर्ण जनसंख्यालाई खोप लगाउनु एक चुनौतीपूर्ण कार्य भएको र ट्रम्प प्रशासनबाट विरासतमा आएको यो कार्यक्रम अपेक्षा गरेको भन्दा खराब अवस्थामा भएको पनि उनले बताएका छन् ।  
 
अमेरिकाले थप २० करोड डोज कोरोना भाइरसविरुद्ध खोप किन्दैछ र यसपछि लगभग ३० करोड अमेरिकीहरुलाई खोप दिन पर्याप्त हुने बाइडेनले बताएका छन् । कोरोना भाइरसको कारण बेलायतमा पनि एक लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको बेलायतको सरकारी माध्यमले जानकारी दिएको छ ।
 
विश्वभर कोरोना भाइरस सङक्रमणबाट २१ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । सात करोड २९ लाख भन्दा बढी व्यक्ति कोरोना भाइरसमुक्त भएका छन् । एएफपी