मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकामा बालबालिको लागि नेपाली भाषाको अनलाइन कक्षा सञ्चालन

अमेरिकामा बालबालिको लागि नेपाली भाषाको अनलाइन कक्षा सञ्चालन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकामा रहेका बालबालिकाको लागि नेपाली भाषाको कक्षा सञ्चालन भएको छ ।  जनवरी २४ तारिखका दिन सो कक्षाको उदघाटन गरिएको छ । ग्लोबल भुटनीज लिटररी अर्गनाइजेसन जिबिएलओले सञ्चालन गर्ने कक्षाको व्यवस्थापन अमेरिकाको ओहायो राज्यबाट हुने जनाइएको छ । 
 
अमेरिकामा रहेका नेपाली मुलका बालबालिकालाई लक्षित गरि शुरु गरिएको अनलाइन कक्षा उदघाटनपनि भव्य रुपमा गरिएको थियो । कार्यक्रममा समाजसेवी तथा साहित्यकारहरुको उल्लेख्य सहभागिता रहेको थियो । वरिष्ठ साहित्यकार गोबिन्द गिरि प्रेरणा, डा. भिम खतिवडा, शिक्षाविद् हेमन्त लामा, वरिष्ठ साहित्यकार डा. मधु माधुर्य श्रेष्ठ लगायतका अतिथिले नेपाली भाषाप्रतिको मोह र आवस्यकताकाबारे आफ्ना धारणा राखेका थिए । 
 
नयाँ पुस्तालाई वैज्ञानिक तरिकाले शिक्षा दिन सके मात्र नेपाली भाषा सञ्चालनको सार्थकता हुने कुरामा कार्यक्रमका वक्ताहरुको जोड थियो । नेपाली कक्षाका लागि आवश्यक सामाग्रीको सबै व्यवस्थापन भइसकेको आयोजकले जानकारी गराइएका छन । उद्घाटन कार्यक्रममा यदु अधिकारी र लक्की राशिले आफ्ना सृजना वाचन गरेका थिए । त्यसैगरि बालबालिकाहरुले मौलिक गीत तथा भजन गाएका थिए । 
 
आइतबार  देखि कक्षा सञ्चालन हुने भएकोले आफ्ना नानीहरूको फारम भरिदिन हुन आयोजकले अभिभावकहरुलाई अनुरोध गरेका छन । जिबीएलओका अध्यक्ष कर्ण गुरुङको सभापतित्वमा भएको उदघाटन कार्यक्रम सुरेन्द्र परदेशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने देवी राइले कार्यक्रम सञ्चालन गरेकी थिइन ।