विचार / ब्लग

बाइडेन प्रशासनमा अमेरिकी विदेश नीति

प्रकाशित |
Email: abinojha@gmail.com
प्रसंग, 
जनावरी २० मा ह्वाइट हाउसबाट बाहिरिँदै गर्दा राष्ट्रपति ट्रम्पले भनेका थिए-“हाम्रो अभियानको यो अन्त्य होइन, आगाज हो ।” उनको यो कथनलाई आधारमा मान्ने हो भने, राष्ट्रपतिय जिम्मेवारीबाट बाहिरिएता पनि अमेरिकी राजनीतिमा उनको सक्रियता रहने छ । आफ्नो ‘अमेरीका पहिलो भन्ने अलंकारीक नीति लाई जीवन्त राख्न प्रयाशशील रहने छन् । यसले एकातर्फ अमेरीकी जनता र समुदाय वीच दरार कायमै राख्ने प्रष्ट देखिन्छ । अर्को तर्फ, बाइडेन को विदेश नीति समेत प्रभावति हुन सक्ने अनुमान गर्न सकिन्छ । राष्ट्रिय नेतृत्व र विश्व समुदायमा अमेरिकी अगुआई दुवै कायम राख्न राष्ट्रपति बाइडेनका लागि निकै चुनौतिपूर्ण देखिन्छ । निर्वाचन अभियानको शुरुवाती दिन देखिनै अमेरिकी जनता र समाजलाई एकिकृत गर्न तथा विश्वसमुदाय वीच अमेरीकाको विश्र्वासनियता पुर्नस्थापति गर्न आफ्नो नेतृत्व सफल हुने दावी बाइडेनले गर्दै आएका थिए । अव, उनको दावी कसरी वास्तवीकतामा बदलिने छ ? के-कस्ता वैदेशीक सम्वन्ध मार्फत विश्वसमुदाय लाई सम्वोधन गर्दछन? आगामी अमेरिकी समाज र विश्वसमुदाय वीच वाइेडनको प्रशासन कस्तो हुनेछ? यस्ता धेरै प्रश्नहरु आज आम जिज्ञाशाको विषय बनेका छन् । यस आलेखमा बाइडेनले आफ्नो राष्ट्रिपतिय निर्वाचनको अभियानमा दर्शएका विचार तथा उनको आगमी वैदेशीक नीतिहरुका केही विषयहरुमा चर्चा गर्ने प्रयाश गरिएको छ ।
 
पछिल्लो चार वर्ष :
सन् १९४७ मा अमेरीकी काँग्रेसले पास गरेको राष्ट्रिय सुरक्षा ऐन (नेसनल सेकुरेटी एक्ट) अनुसार राष्ट्रिपतिले अनिवार्य वार्षिक रुपमा ल्याउने ‘राष्ट्रिय सुरक्षा रणनीति प्रतिवेदन हो, नेसनल सेकुरेटी स्ट्राटिजी (एन.एस.एस.) । जसको मुख्य उद्देश्य अमेरीकी प्रशासनले आफ्नो वैदेशीक नीति र राष्ट्रिय सुरक्षा योजनाको बारेमा जनतालाई सुसुचित गर्नु हो । राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालको शुरुवातमा नेसनल सेकुरेटी स्ट्राटिजी मा वैदेशिक नीतिलाई ‘प्रतिस्पर्धाको महत्वपूर्ण शक्तिको रुपमा लिने बताएका थिए । राष्ट्रिय सुरक्षा रणनीति (नेसनल सेकुरेटी स्ट्राटिजी) ले अमेरीकाको प्रतिस्पर्धी राष्ट्रहरु लाई नयाँ धार बाट सोच्ने छ र अल्पविकसित मुलकहरुको सहायतामा नविनतम कृयाकलापहरु गर्नेछ, भनेका थिए । तर, एन.एस.एस. आए लगत्तै  राष्ट्रपति ट्रम्पले अन्तराष्ट्रिय बजेटमा गरेको भारी कटौति एवमँ “अमेरीका फ्रस्ट” भन्ने आलंकारिक शस्त्र ले नीतिगत रुपमा एन.एस.एस. लाई अगाडी बढाउन असहयोग गर्यो । फलत, अमेरीकाको अन्य देशहरुसँगको नीति विस्तारै कमजोर हुदै गयो । अमेरीकी सहयोगी राष्ट्र तथा अन्तराष्ट्रि गैरसरकारी संगठनहरु सँगको सम्बन्धमा दुरी बढ्दै गयो । सहकार्यताबाट अमेरीकाले हात झिक्दै गयो । २०१७ मा ट्रम्पको पहिलो एसिय भ्रमण का क्रममा ‘इण्डो प्यासिफक स्ट्राटिजी मार्फत एसिया प्यासिफिक क्षेत्रमा भूराजनीतिक प्रभाव बढाउने प्रयास गरेका थिए । यसमा पनि खासै प्रभावकारीता देखिएन । ट्रम्प प्रसाशनले आन्तरीक राजनीतिमा नीतिगत तथा अन्तराष्ट्रिय सम्वन्धमा कार्यगत हिसावले खासै उपलब्धी हासिल गर्न भने सकेन ।  
 
अबको चार वर्ष :
बाइडेनले निर्वाचन अभियानको क्रममा जुलाई २०१९ मा दी ग्रयाजुयेट सेन्टर अफ सीटि युनिर्भसीटि अफ न्यू योर्क मा वैदेशिक नीतिका बारेमा बोल्दा अमेरीको नेतृत्वलाई विश्वजगतले चीन भन्दा कम सम्मान गरेको बताएका थिए । उनले आफ्नो नेतृत्वले राष्ट्रिय एकता कायम गर्दै विश्वमा गिर्दै गएको अमेरीकी विश्र्वसनियता र सम्मानलाई आफ्नो वैदेशिक नीति मार्फत पुर्नस्थापित गर्ने दावी गरेका थिए । उनले एक प्रसँगमा “विकासलाई प्राथमिकता राख्दै बहुपक्षिय सहकार्यतालाई आत्मसाथ गर्दै ट्रम्प प्रशासनले उपेक्षा गरेका वैदेशिक नीतिका मुद्दाहरु लाई आफूले उच्च प्राथमिकतामा राख्दै अमेरीकलाई विश्व नेतृत्वमा पुर्याउन दृढ्तापूर्वक लाग्ने” बताएका थिए । यसर्थ पनि अहिले विश्वव्यापी समस्याहरु जस्तो कि जलवायु परिर्वतन देखी आणविक हतियार, महान शक्तिको आक्रमकता देखी अन्तराष्ट्रिय आतंकवाद, प्रजातन्त्र र मानव अधिकार देखि आर्थिक विकास, स्वतन्त्र ब्यापार देखी विश्वव्यापीकरण, साइवर युद्ध देखी ब्यापक वसाइसराई जस्ता विविद्य मुद्दाहरुमा बाइडेन प्रशासनको भूमिका प्रति विश्वजगत जिज्ञाशु छ । यसमा पनि कोभिड—१९ को महामारी ले निम्त्याएको विश्व स्वास्थ्य संकटमा अव अमेरीकाको भूमिका कस्तो रहला ? यो पनि चासोको विषय छ । वर्तमानको प्रतिकुल विश्व परिवेश तथा जटिल अमिरिकी आन्तरीक परिदृष्यका वीच बाइडेन जत्तिको अनुभवी राजनीतिज्ञलाई अमेरीकाको राष्ट्रपतिमा पाउदा सम्पुर्ण विश्व समुदाय निकै उत्साहित देखिन्छ ।
 
कस्तो होला बाइडेनको वैदेशिक सम्वन्ध?
विकाश, विश्वव्यापी समस्या, र अन्तराष्ट्रिय सम्वन्धका बारेमा बाइडेन निकै जानकार र अनुभवी राजनीतिज्ञ मध्येका एक हुन् । त्यसो त बाइडेनको क्याविनेटमा प्रस्तावित सेक्रेटरी अफ स्टेट (यस आलेख तयार पार्दा सम्म सीनेट बाट अनुमोदन हुन बाकी) एन्थोनी जे. विल्नकेन आफै पनि विश्व गठबन्धनका पक्षपाती एवमँ जानकार ब्याक्ति हुन् । बाइडेनको निर्वाचन अभियानका क्रममा बिल्नकेन ले अमेरीकी विदेश नीति विश्वमा प्रजातन्त्रको सम्र्वद्धन र विकाशका लागी केन्द्रित रहने बताएका थिए । यसबाट पनि प्रष्ट छ, बाइडेन प्रशासन वैदेशिक अनुदान पुनरुद्धार गर्ने पक्षमा छ । राष्ट्रिय सुरक्षा, समृद्धि, र अमेरीकन आर्दशको प्रशार अमेरीकी वैदेशिक नीतिका तीन अहम आयामहरु हुन ।  विकाशिल मुलुकलाई स्वास्थ्य, शिक्षा, पूर्वाधार, लगायत प्रजातान्त्रीक प्रणाली मा सवलीकरण गर्दा अमेरीकाले आफ्नो राष्ट्रिय सुरक्षा नीति र रक्षा रणनीतिमा सफलता प्राप्त गर्ने छ । जसबाट अमेरीकाको राष्ट्रिय सुरक्षा, वैदेशिक नीति र साँस्कृतिक सम्राज्यवाद को लक्ष्य हासिल गर्न पनि सहज हुनेछ । बाइडेन प्रशासनले पछिल्लो चार वर्षमा जिर्ण भएको निकट सहयोगी राष्ट्रहरु सँगको सम्वन्धलाई पुन जोड्ने देखिन्छ । त्यसो त अन्र्तराष्ट्रिय सस्थाँहरु सँगको सहकार्यतालाई पुन अगाडी बढाउने छन् । 
 
चीन र रसिया लागयतका राजनीतिक तथा आर्थिक रुपमा प्रतिस्पर्धी मानिएका मुलुकहरु सँगको सम्वन्धमा भने खासै सुधार नआउने अनुमान गर्न सकिन्छ । सीनेट सुनुवाइमा प्रस्तावीत सेक्रेटरी अफ स्टेट विल्नकेन ले ट्रम्पको तरीका सँग सहमत हुन नसके पनि, चीन प्रति ट्रम्पको नीति सहि रहेको बताए । उनले चीन ले अमेरीकालाई कठिन चुनौति दिन सक्ने भन्दै चीन सँग प्रतिस्पर्धा बाहेक अरु सम्वन्ध नहुने बताए । तर, आपसी सहमतीमा केही सहकार्य हुन सक्ने कुरालाई भने नकारेनन् । बेल्नकेन ट्रम्प प्रशासन का सेक्रेटरी अफ स्टेट माइक पोम्पियो ले जस्तै चीनको कम्युनिष्ट सरकारले उइगुर मुस्लिम माथी नरसंहार गरेको पनि जिकिर गरे । यसरी हेर्दा अमेरीकाको चीन सँगको सम्बन्ध भने ट्रम्प प्रशासनको भन्दा फरक नहुने अनुमान गर्न सकिन्छ । 
 
इरान सँगको न्यूक्लियर डिइल “संयुक्त वृहद योजना कार्य” (जे.सी.पी.ओ.ए.) बाट २०१८ मा ट्रम्पले हात झिके पछि र इरानी नेताको हत्या पछि इरानले आफ्नो आणविक गतिविधी केही शुरु गरेका छ । २०१५ का शर्तहरु इरानले अनुपालन गरे-नगरेको पूर्ण मुल्याङ्कन पश्चात सर्त पूर्ण पालना गरेको भए जे.सी.पी.ओ.ए. मा अमेरीका पुन समाहित हुने कुरा बाइडेन प्रशासनको छ । द हील मा प्रकासीत एक समाचारमा यूएन वाचडगको रिर्पोट अनुसार इरानले पछिल्लो समय युरेनियम मेटल उत्पादन गर्ने समाग्री उत्पादन सुरु गरी न्यूक्यिलर डिइल उल्लंघन गरेका बताएको छ । यसले पनि इरान सँगको डिइल भने दुविधामै रहने देखिन्छ । 
 
मार्च अप्रिल २०२० को फरेन अफियर्स मा प्रकासित “ह्वाई अमेरीका मस्ट लिड अगेन” शिर्षक को अलेखमा बाइडेनले लेखेका छन्, 'हंङ्कगं देखी सुडान सम्म, चीली देखी लेवनान सम्म का नागरीकहरुले फेरी एक पटक इमान्दार र भ्रष्टाचार रहित सरकारको लागी अमेरीकी नेतृत्वको बाटो हेरेका छन् ।' सोही आलेखमा अमेरीकाको प्रथामिकता देश भित्र र वह्य देशमा भ्रष्टाचार विरुद्ध लड्ने, अधिनायकबादलाई परास्त गर्ने, मानव अधिकारको रक्षा गर्ने रहेको बताएका छन् । यसर्थ पनि बाइडेन प्रशासन उपयुक्र्त राष्ट्र तथा मध्य अरव का देशहरु मुलत प्यालेस्टाइन, सिरीया, र इराक जस्ता देशहरुको विषयमा भने प्रत्यक्ष प्रभाव नै रहने देखिन्छ । 
 
राष्ट्रपति ट्रम्प विश्व संघर्षमा अमेरीकाको संलग्नता अन्त्य गर्ने बारम्वार दोहराउदै आएका थिए । त्यसो त इराक, अफ्गानिस्तान लगयताका देशहरुबाट आफ्नो सैनिक फिर्ता बोलाउने तयारीमा थिए । नेटो का पूर्व अधिकारीहरु भने बाइडेन प्रशासनले युद्धग्रस्त देशहरुबाट अमेरीका र सहयोगी राष्ट्रका सेनाहरु अहिल्यै फिर्ता बलाउन नहुने विचार राख्दछन् । बाइडेन प्रशासन नेटो प्रति प्रतिवद्ध हुने देखिन्छ । यसर्थ पनि ती देशहरुबाट तत्काल अमेरिकी सेना फिर्ता नहुन सक्दछन् । 
 
अन्तमा,
बदलिदो वर्तमान परिस्थीति एवम्ँ महामारी का कारण ह्रास भएको अर्थतन्त्रका वीच अमेरीकाले विश्वमा आफ्नो नेतृत्व कायम राख्दै सहयोगी राष्ट्रहरुसँगको सहकार्यतामा प्रजातन्त्र, मानव अधिकार, स्वतन्त्र ब्यापार, आदीका पक्षमा कार्य गर्न निकै जटिल देखिन्छ । करिब ५० वर्षको राजनीतिक जिवनमा अमेरीकी नेतृत्वले शीत युद्ध को विजय प्राप्त गरेको, विश्वमा प्रजातन्त्रको विस्तार भएको, अमेरीकी अर्थतन्त्र तथा सैन्य शक्ति बलियो भएको इत्यादी देखेका एवम् अनुभव गरेका ७८ वर्षिय बाइडेन बाट अमेरीकाको आगामी वैदेशिक नीतिबाट अमेरीका स्वयं र सम्पूर्ण विश्व समुदाय नै लाभान्वीत हुने आशा भने गर्न सकिन्छ । तर, अमेरीकी काँग्रेसमा डेमोक्र्याटको झिनो बहुमत, र रिपब्लीकन कन्जरभेटिभ बाहुल्य संघिय न्यायलयबाट बाइडेनका प्रगतिशिल नीति तथा कार्यक्रमहरु कार्यान्वयन का दृष्टिले भने निकै कठिन छ । यसकालागी बाइडेनको पहिलो चुनौती सबै अमेरीकी जनतालाई विश्वासमा लिनु हुने छ ।

(पंक्तिकारका यी विचार नीजि हुन् । ओझा योर्क कलेज अफ दी सीटि युनिर्भसीटि अफ न्यूयोर्कका प्राध्यापक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया