मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

ड्यालसको नेपाली मन्दिरमा निशुल्क कोभिड टेस्ट हुँदै

ड्यालसको नेपाली मन्दिरमा निशुल्क कोभिड टेस्ट हुँदै

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस(अमेरिका) – टेक्सस नेप्लिज मेडिकल एसोसिएसन र नेपाली समाज टेक्ससको संयुक्त आयोजनामा आउँदो आइतबार निशुल्क कोभिड–१९ परिक्षण शिविर सञ्चालन हुने भएको छ । 
 
आउँदो जनवरी ३१ तारिक आइतबार बिहान १० देखि दिउँसो १ बजेसम्म नेपाली मन्दिर अर्भिङमा निशुल्क कोभिड परिक्षण शिविर हुने भएको छ । यो शिविरमा परिक्षण निशुल्क हुने भएकोले पहिलेनै रजिष्ट्रेसन गर्नुपर्ने र फोटो सहितको परिचयपत्र अनिवार्य रुपमा लिएर जानुपर्ने जनाइएको छ । 
 
परिक्षण गर्न चाहनेले रजिष्टर्ड नर्स कमला अधिकारी, राज श्रेष्ठ र सुवासिनी खाँडसँग सम्पर्क राखेर नाम दर्ता गर्नका लागि आयोजकले आग्रह गरेका छन् । परिक्षण गर्न चाहनेले अनिवार्य रुपमा मास्क लगाएर आउनुपर्ने र परिक्षण ड्राइभ–थ्रु (गाडीबाटै) हुने पनि जनाइएको छ । पिसिआर विधिबाट गरिने टेस्टको नतिजा आउन २ देखि ३ दिन लाग्ने जनाईएको छ ।