
छुटाउनु भयो कि?
नेपाली दुतावासले भिषा र ट्राभल डकुमेन्ट सेवा हुलाक मार्फत प्रदान गर्ने
गैर आवासीय नेपाली परिचयपत्र वितरण भने तत्काललाई स्थगित

अमेरिका स्थित नेपाली दुतावासले भिषा, ट्राभल डकुमेन्ट लगायतका सेवाहरु हुलाक मार्फत नै दिइने जनाएको छ । जनवरी २२ मा सूचना जारी गर्दै दुतावासले प्रमाणीकरण र पहिले एमआरपी लिइसकेकाहरुलाई राहदानी हुलाक मार्फत नै प्रदान गरिने जनाएको छ । तर गैर आवासीय नेपाली परिचयपत्र वितरण भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ । गैर आवासीय नेपाली परिचयपत्र स्थगनलाई प्राविधिक कारण बताएको दुतावासले अन्य कारण भने खुलाएको छैन ।
त्यसैगरि आफै उपश्थित भइ सेवा लिन चाहेमा पहिले नै समय निश्चित गर्नुपर्ने दुतावासको सूचनामा जनाइएको छ । पहिलो पटक एमआरपी र हस्तलिखित राहदानी लिन भने अनिवार्य रुपमा आफै उपश्थित हुनुपर्ने छ । त्यस्तै अति आवस्यक कामको लागि अग्रिम रुपमा समय निश्चित गरेरमात्र दुतावासमा आउन सकिने दुतावासको सूचनामा उल्लेख छ ।
दुतावासका अनुसार यसरी अनलाईन बाट समय मिलाउन सकिनेछ :
दुतावासका अनुसार कुनैपनि निवेदन पेश गर्नुअघि दुतावासको वेभ साइड https://us.nepalembassy.gov.np को 'Consular Services' -कन्सुलर सर्भिस_ मेनुभित्र उल्लेख भएका सूचनाहरु राम्ररी पढेर आवस्यक कागजात तयार पारी 'submit your details here' गरी निवेदनको व्यहोरा अनिवार्य रुपमा दर्ता गर्नुपर्नेछ । यहि लिंक मार्फत अग्रिम समयपनि लिन सकिने दुतावासले जनाएको छ ।
दुतावासका अनुसार निवेदन र कागजात पुरा भएमा कन्सुलर सेवाहरु प्रदान तथा हुलाक मार्फत पठाउन बढिमा पाँच दिन लाग्न सक्नेछ । तर सेवाको समय सेवाग्राहीको ठेगाना र हुलाकको कार्यालयले पनि निर्धारण गर्न सक्नेछ ।
अन अराइभल भिषा सम्बन्धी व्यवस्था :
दुतावासका अनुसार नेपालमै पुगेर पाइने अन अराइभल भिषा सम्बन्धी पनि केही नयाँ व्यवस्था गरिएको छ । अन अराभल भिषा, कुटनीतिक तथा औपचारिक पासपोर्ट वाहक, नेपाल स्थित संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय संस्थामा कार्यरत विदेशी तथा पासपोर्टमा जन्मस्थान 'नेपाली' भनी उल्लेख भएका नेपाली मुलका विदेशी र गैर आवासीय नेपाली परिचयपत्र वाहकले पाउने भनी सूचनामा जनाइएको छ । दुतावासका अनुसार अध्यागमन विभागको वेभ साइडबाट अनलाईन निवेदन दिएर सब्मीसन नम्बर लिइ प्रिन्टेड कपी लिएमा नेपालमा कम समय लाग्नेछ । अन्य विदेशीहरुले भने दुतावासबाटै भिषा प्राप्त गर्नुपर्नेछ ।
नेपाल यात्रा गर्दा कोभिड १९को नकारात्मक रिपोर्ट देखाउनै पर्ने :
नेपाल जाँदा सबैले यात्र शुरु गर्नु अघि ७२ घण्टा प्राप्त गरेको पीसीआर रिपोर्ट नकारात्मक भएको देखाउनु पर्नेछ । तर ५ बर्ष भन्दा कम उमेरकाको हकमा भने सो आवस्यक पर्ने छैन । पीसीआर रिपोर्ट सम्बन्धमा हवाइसेवा कम्पनीको बेग्लै व्यवस्था भएका सोको पालनापनि गर्नुपर्नेछ । त्यसको लागि सम्बन्धित कम्पनीसंग समन्वय गर्नुपर्नेछ । नेपाल प्रवेश गरेदेखि वा कोभिड १९ बाट संक्रमित व्यक्तिको सम्पर्कमा आएदेखि १० दिन क्वारेन्टीन र कोभिड पुष्टि भएमा कम्तिमा १० दिन आइसोलेसनमा बस्नै पर्नेछ ।
दुतावासले सोधपुछका लागि टेलिफोन भन्दा पनि इमेल consular@nepalembassyusa.org प्रयोग गर्नपनि अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
-
0%Happy
-
0%Sad
-
0%Excited
-
0%Angry
-
0%Surprise
ट्रेन्डिङ

समाज , २४ फाल्गुन २०७७, सोमबार
लामिछानेद्वारा एनआरएनए अध्यक्षमा उम्मेदवारीको घोषणा

समाज , २३ फाल्गुन २०७७, आईतवार
संसद्लाई पुनःक्रियाशील तुल्याउन योगदान गरेकामा सभामुखको बधाई

समाज , २३ फाल्गुन २०७७, आईतवार
निर्मला पन्तका हत्यारालाई कानुनी दायरामा ल्याइने

समाज , २३ फाल्गुन २०७७, आईतवार
प्रतिपक्ष र दाहाल–नेपाल समूहद्वारा सदनमा अवरोध

समाज , २३ फाल्गुन २०७७, आईतवार
एनआरएनएमा युवाहरुको सकृयता बढ्दो

समाज , २३ फाल्गुन २०७७, आईतवार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पूर्वावस्थामा रहेको अदालतको ठहर

समाज , २३ फाल्गुन २०७७, आईतवार
प्रतिक्रिया