अमेरिका-बिगत डेढ दशकदेखि अमेरिकालाई कर्म थलो बनाएका गायक अशोक अर्यालको गत हप्ता मात्रै डिजिटल बजार युट्युब मार्फत बजारमा ल्याएको मौलिक नेपाली लोकदोहोरी गीत 'चिनो रुमाल ' ले दर्शक श्रोताको मन जितेको छ। गीत रिलिज भएको १ हप्ता नबित्दै झन्डै २ लाख दर्शकले उक्त गीत हेरेका छन्। ४ हजार भन्दा धेरै दर्शक ले युट्युबमा उक्त गीतलाई लाईक र एकदमै राम्रो प्रतिक्रिया दिएका छन्। गायक अर्यालले आफ्नै युट्युब च्यानल अशोका ईन्टरटेनमेन्ट मार्फत उक्त गीत बजारमा ल्याएका हुन्।
बिदेशमा रहेर पनि नेपाली गीत संगीतलाई मायाँ गरिरहने गायक अर्यालको यो छैटौं रेकर्डेड गीत हो। अमेरिकाका विभिन्न शहरहरुमा हुने नेपाली कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिएर दर्शक श्रोताको मन जित्दै आएका गायक अर्यालको करिब डेढ बर्ष अगाडी आएको गीत 'यो जुनीलाई' ले पनि दर्शक स्रोताको मन जितेको थियो। सन् २०१६ सालमा गायक अर्यालले आफ्नो पहिलो म्युजिक एल्बम 'अशोका' लिएर आएका थिए जसमा ४ वटा गीतहरु समाबेस थिए। सबै गीतहरु दर्शक स्रोताहरुको मनमा बस्न सफल भएका थिए। आई टि क्षेत्रलाई आफ्नो मुख्य पेशा बनाएका गायक अर्यालले आफ्नो सांगीतिक यात्रा पनि साथ-साथै अगाडी बढाई रहेका छन।
उक्त गीतमा गायक अशोक अर्याल र अहिले नेपालकी चर्चित गायिका समिक्षा अधिकारीको आवाज रहेको छ ।
उक्त गीतको भिडियोमा मायालु जोडि विचको प्रेम प्रसङगलाई ब्यक्त गरिएको छ । ”चिनो रुमाल” गीतको भिडियोमा प्रकाश सपुत र प्रियाना आचार्य (मुन्नी)को अभिनय रहेको छ । निकै मार्मिक शब्द तथा लय सिर्जना गीतमा छ । सागर खड्काको शब्द तथा राजु अर्यालको लय सिर्जना गीतमा रहेको छ ।
प्रतिमा अर्यालको लगानी रहेको यस गीतमा दुर्गा पौडेलको छायाँकन , मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशन तथा नविन धर्ति मगरको सम्पादनमा भिडियो तयार गरिएको छ ।
काठमाडौँ । नेपाली चलचित्र ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ । बिहीबार काठमाडौँ मलस्थित डाड्युपन्यु रेस्टुरेन्टमा आयोजित एक कार्यक्रमबीच फिल्म निर्माण घोषणा गरिएको हो ।
दशकअगाडि निर्माण भएको फिल् ...
काठमाडौँ । विशिष्ट व्यक्तिका मुहारलाई क्यान्भासमा सजाउने दोस्रो संस्करणको पहिलो अवसर गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष जीवा लामिछानेलाई जुरेको छ ।
अन्तर्राष्ट्रिय जलरङ समाज नेपालले स ...
समुन्द्री सतहभन्दा ४२५० मिटर अर्थात् १४ हजार ३७० फिटमाथि त्रिशूली नदीको मुहान, पवित्र धार्मिकस्थल गोसाईंकुण्डको सुन्दरताको जति नै वर्णन गरे पनि अपूरो हुन्छ । राजधानी काठमाडौँबाट माउन्टेन एयरको हेलिकप् ...
अनेक महामारी , प्राकृतिक प्रकोपलाई विज्ञानले कहिले जित्न सकेको छैन । उ जिते जस्तो गर्छ तर प्रकृतिले उसको औकात बेला बेलामा प्रष्टयाई रहेकी छिन् ।
अमेरिकाको टेक्सास स्टेट प्रचण्ड गर्मी हुने ठाउँ हो नेप ...
प्रतिक्रिया