मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आम निर्वाचन मार्फत जनतामा जानुपर्छ : मन्त्री ढकाल

आम निर्वाचन मार्फत जनतामा जानुपर्छ : मन्त्री ढकाल


दमक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले लोकतन्त्र र आर्थिक समृद्धिका लागि प्रधानमन्त्री ओलीको त्याग, समर्पण र योगदान उच्च रहेको  बताएका छन् ।  
 
सार्वजनिक पुस्तकालयको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले प्रजातन्त्रका लागि १४ वर्ष बढी जेल जीवन व्यतीत गरेका प्रधानमन्त्री ओलीका योगदानकै कारण अहिले देशले काँचुली फेरेको दाबी गरे ।   
   
सरकारले संसद् विघटन गरेर आम निर्वाचनमा जान बाध्यता भएको  उल्लेख गर्दै उनले भने ,“अब दलहरुले निर्वाचनमार्फत जनताको बीचमा जानुपर्छ ।”     
   
मन्त्री ढकालले पठन संस्कृतिको विकास गर्नु सार्वजनिक पुस्तकालयको भूमिका महत्त्वपूर्ण हुने भएकाले त्यसतर्फ योगदान पु¥याउनुपर्ने उल्लेख गरे । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश अध्यक्ष राम थापा ,उद्योगी भोलेश्वर दुलाललगायतले पठन सस्कृतिका लागि पुस्तालयको भूमिका अहं रहने बताए । 
 
देशभरिका १५ वटा शाखाबाट करिब १०० जना प्रतिनिधिको सहभागिता रहेको महाधिवेशनको बन्द सत्रले नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष भेषराज न्यौपानेले जानकारी दिए । रासस