मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ओलीको भष्मासुर प्रवृत्तिको अन्त्य गरी प्रतिनिधिसभा पुनःस्थापना गछौँ : अध्यक्ष नेपाल

ओलीको भष्मासुर प्रवृत्तिको अन्त्य गरी प्रतिनिधिसभा पुनःस्थापना गछौँ : अध्यक्ष नेपाल

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको भष्मासुर प्रवृतिको अन्त्य गरी प्रतिनिधि सभा पुनःस्थापना गरिने बताएका छन् ।   
 
शुक्रबार नेकपाको केन्द्रीय संघर्ष समितिले प्रतिनिधिसभा विघटनको विरुद्धमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको भष्मासुर प्रवृतिको अन्त्य गर्दै प्रतिनिधिसभाको पुनःगठन गरिने बताएका हुन् । उनले पार्टीले केपी ओली बनाए पनि ओली भष्मासुर बनेको भन्दै भष्मासुरलाई समाप्त भएर जाने बताए । भष्मासुर प्रवृतिको अन्त्यपछि मात्रै नयाँ ढंगले अघि बढ्ने उनको भनाइ थियो । 
 
उनले प्रधानमन्त्री ओलीले संविधान, लोकतन्त्र, पार्टी र देशको स्थायित्वमाथि खड्ग प्रहार गरेको आरोप लगाए । अध्यक्ष नेपालले अरु राजनीतिक दलहरुले फेरि केपी ओलीसँग मिल्ने हुन कि भन्ने आशंका बढेको भन्दै केपी ओलीसँग झुक्ने कुनै काम नगर्ने दाबीसमेत गरे ।  
 
आफूहरुले मूल्य र विचारको राजनीति गरे पनि ओली कम्युनिस्ट आदर्शमा सर्मपित नभएको र सिद्धान्तनिष्ठ नभएको भन्दै ओलीसँग मिल्ने भ्रम नपाल्नसमेत आग्रह गरे । 
 
अध्यक्ष नेपालले प्रधानमन्त्री केपी ओली हिटलरको बाटो हिँडेको टिप्पणी गरे । ओली निर्वाचित व्यक्ति भए पनि संवैधानिक कु गरेको उनले बताए । नेपाली जनता ओलीको हिटलर प्रवृत्तिसँग नडराउने दाबी गरे । संविधानले राजनीतिक स्थायित्वको सुनिश्चितता, नियन्त्रण र सन्तुलनको सिद्धान्त राखे पनि ओलीले आफूमा मात्रै शक्ति केन्द्रित गरेको आरोप उनको थियो । 
 
अध्यक्ष नेपालले केपी ओलीले आफूसँगको ५० वर्षे सहयात्रामा दुःखमात्रै दिने काम गरेको स्मरण गरे । उनले भने, “५० वर्षसम्म जहिले पनि दुःख दिए । जहिले पनि हैरानमात्रै गरे । मैले थुमथुम्याउने, मलाई सधैँ दुःख दिए । सधैँ अरुको हुर्मत लिने काम गरे ।” ओलीले आफूलाई मात्रै नभएर प्रचण्डलाई पनि दुःख दिएको बताए । 
 
प्रधानमन्त्री ओलीसँग पार्टी र संसदको बहुमत हिस्सा नरहेको जिकिर गर्दै उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्नेमा नरसंहार गरेको बताए । पार्टीको सम्पूर्ण तह र तप्कामा आफूहरुको अत्याधिक बहुमत भएको र ओलीसँग सानो अरिंगालको झुण्ड र साइबर सेनामात्रै रहेको बताए ।  
 
अध्यक्ष नेपालले सूर्य चिन्ह निर्वाचन आयोगबाट ल्याउने मान्छे आफू जिउँदै भएको भन्दै सूर्य चिन्ह आफूहरुले पाउनेमा सन्देह नरहेको बताए ।