मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा एक लाख ५३ हजार बढीले कोरोनाबाट ज्यान गुमाए

भारतमा एक लाख ५३ हजार बढीले कोरोनाबाट ज्यान गुमाए


नयाँ दिल्ली । भारतमा गत २४ घन्टामा कोरोना सङ्क्रमणका कारण १६३ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार ३२ जना पुगेको छ । 
 
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक करोड छ लाख २५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १४ हजार ५४५ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड छ लाख २५ हजार ४२८ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
 
मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड दुई लाख ८३ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ८८ हजार ६८८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।  भारतमा एक साताअघिदेखि कोभिड –१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । सो दिनदेखि हालसम्म १० लाख व्यक्तिले खोप लगाइसेकेका छन् ।    
 
भारतको राष्ट्रिय राजधानी दिल्लीमा शुक्रबार २२७ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र ८ जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ सुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ७७२ को मृत्यु भइसकेको छ । 
 
यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बिहीबारसम्म देशभर १९ करोड १४ लाख ४८ हजारको हाराहारीमा नमुना परीक्षण गरेको छ । बुधबार एकै दिनमा मात्र आठ लाख २४२ जनाको कोभिड–१९ परीक्षण गरेको जनाइएको छ । सिन्ह्वा