काठमाडौँ । नेपाली काँग्रेसले रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–९ का वडाध्यक्ष तारकबहादुर शाहीसहित पाँच जनामाथि भएको आक्रमणको भत्र्सना गर्दै दोषीलाई कारबाहीको माग गरेको छ ।
मङ्गलबार इलाका प्रहरी कार्यालयमा छलफल भइरहेका बेला नेकपा निकट वडा नं ८ का वडाध्यक्ष मानबहादुर चदारा, वडा नं ३ का वडाध्यक्ष केशरमान विकसहितको समूहले सुरक्षाकर्मीको अगाडि नै वडाध्यक्ष शाही लगायतलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको काँग्रेसले जनाएको छ ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्तिमार्फत घटनाको निन्दा र भत्र्सना गर्दै घटनामा संलग्न आक्रमणकारीलाई तत्काल कारबाही गर्न तथा घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् ।
भविष्यमा यस्ता घटना पुनः नदोहो¥याउन नेकपालाई काँग्रेसले चेतावनी दिँदै जिम्मेवार राजनीतिक दलका रुपमा प्रस्तुत हुनसमेत आग्रह गरेको छ । उक्त घटनामा वडाध्यक्ष शाही, तेजविक्रम आरसी र दीपक केसी गम्भीर घाइते भएकाले उनीहरुको नेपालगञ्जमा र दुई जनाको नगर अस्पतालमा उपचार भइरहेको मुख्यसचिव पौडेलले जानकारी दिए । रासस
प्रतिक्रिया