प्रवास

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख नजिक

प्रकाशित |
नयाँ दिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सोमबारसम्म एक करोड चार लाख ६६ हजार ४३१ पुगेको छ ।  
 
विगत २४ घन्टाको अवधिमा भारतमा १६ हजार ३११ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख ६७ हजार ४३१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 
   
गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण १६१ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५१ हजार ३११ जना पुगेको छ । 
 
मन्त्रालयको पछिल्लो विवरणमा एक करोड ९२ हजार ८५९ व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख २२ हजार ५२६ सक्रिय सङ्क्रमित रहेका छन् । 
 
 
भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ३९९ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १२ जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ६०० भन्दा बढीको मृत्यु भइसकेको छ ।
 
यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १८ करोड १७ लाख ५५ को हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो आइतबार एक दिनमा छ लाख ५९ हजार २०९ जनाको कोभिड–१९ परीक्षण गरेको छ । एजेन्सी 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया