अमेरिका- अमेरिकाको राजधानी वासिंटन डीसीमा बुधवार विरलै देखिने घटना राजनीतिक दंगा भड्किएको छ । कानुन निर्माता सांसदहरु गत नोभेम्बर महिनामा भएको राष्ट्रपति निर्वाचन नतिजा प्रमाणित गर्न वैठक बसिरहंदा राष्ट्रपनि डोनाल्ड ट्रम्प समर्थकहरुले सिनेट कांग्रेस भवनमा क्यापिटल हिलमा ताण्डव मच्चाएका हुन् ।
संसद भवन क्यापिटल हिलका भवनका सिसा फुटाईएका छन् । प्रहरीले व्यापक शक्ति उपयोग गर्दा समेत उदण्ड प्रर्दानकारीहरुलाई रोक्न कठिन भएको थियो । प्रहरीले गोली समेत चलाउनु परेको थियो ।
उक्त निर्वाचनमा सानो मनअन्तरले राष्ट्रपति डोनाल्ड ट्रम्प हारेका थिए । तर, ट्रम्पले यो नतिजालाई स्विकारेका छैनन् ।
अमेरिकाको संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति निर्वाचनलाई सिनेट र कांग्रेसले प्रमाणित गर्नु पर्छ । त्यहांवाट प्रमाणित भएपछि उपराष्ट्रपतिले यसलार्य प्रमाणित गर्छन । त्यसपछि यो नतिजाले औपचारिकता पाउंछ र निर्वाचित राष्ट्रपतिले जनवरी २० देखि सत्ता सम्हाल्छन् ।
बुधवारको घटनालाई अमेरिकाको प्रजातन्त्रकै वेइज्जत पुर्ण दिनका रुपमा लिईएको छ । नराम्रो पक्ष राष्ट्रपति ट्रम्पले यस्तो अवस्था जानाजान ल्याउका हुन् । तर, राम्रो पक्ष यो घटनालाई राष्ट्रपतिको पार्टी रिपब्लिकन पार्टीका नेताहरुले पनि गलत भएको वताएका छन् । यो घटना पछि राष्ट्पति ट्रम्प नराम्रोसग एक्लिएका छन् ।
तस्बिर: सामाजिक संजाल
निर्वाचित राष्ट्रपति जो वाइडेनले केही सानो संख्यामा रहेका प्रर्दशनकारी कानुन नमानेको वताउंदै यसलाई राजद्रोह भनेका छन् ।
यो समाचार तयार पर्दासम्म वुधवार सांझ यो संसदको नियमित प्रकृया पुन शुरु भएको थियो । यो प्रमाणित गर्ने प्रकृया वुधवारै समाप्त गर्ने योजना छ । तस्बिर: सामाजिक संजाल
सुदूर-पश्चिम नेपाली समाज टेक्सस द्वारा प्रथम राज्यस्तरीय भलिवल प्रतियोगिताको घोषणा गरेको छ । नेपालीहरु माझ लोकपृय रहेको भलिवाल खेललाई अमेरिकामा रहेका नेपाली बिच मनोरंजन तथा आपसी भाईचारा र सदभाव विकास ...
ह्युस्टन (टेक्सस)- अन्तराष्ट्रिय साहित्य समाज (अनेसास) ह्युस्टन च्याप्टरको गत आइतवार सम्पन्न भर्च्यूअल साधारणसभाबाट वासु पौडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमितिको चयन भएको छ। सर्वसम्मत चयन भएको ...
फ्लोरिडा, अमेरिका । संयुक्त राज्य अमेरिकाको सूर्योदय राज्यको रुपमा परिचित फ्लोरिडाको मध्य क्षेत्रमा अवस्थित पर्यटकीय एवं व्यावसायिक महानगर ओर्ल्याण्डो र यस वरपरको सहरहरुमा बसोवास गर्ने नेपाली समुदायको ...
हिमालय खबर, न्युयोर्क
ठीक एक वर्षअघि जब न्युयोर्क कोरोना भाइरसको इपिसेन्टर बनेको थियो, सो बेला संसारले न्युयोर्कलाई हेरिरहेको थियो अनि गभर्नर कुमोको चर्चा । संसारभरि नै न्युयोर्कका गभर्नर एण्ड्र्यु क ...
प्रतिक्रिया