मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

शनिबार चारदेशका प्रतिष्ठित कविहरूले प्रस्तुति दिँदै

शनिबार चारदेशका प्रतिष्ठित कविहरूले प्रस्तुति दिँदै


ड्यालस (अमेरिका) – स्रष्टा साँझ अमेरिकाको अायोजना र हिमालयन खबर अनलाइनसँगको साझेदारीमा यही जनवरी ९ मा नेपाल, भारत, पाकिस्तान र संयुक्त राज्य अमेरिकाका प्रतिष्ठित कविहरुको सहभागितामा “कवि सम्मेलन” वा “मुशाइरा” आयोजना हुने भएको छ ।
 
चार देशका कविहरूको सहभागितामा हुन लागेको यस्तो खालको कार्यक्रम पहिलो हो । स्रष्टा साँझ टेक्सस, अमेरिकामा दर्ता भएको एउटा नाफा नकमाउने साहित्यिक संस्था हो। यो नियमित रूपमा विषयगत मुद्दाहरू/खोज उपन्यास, कविता, गजल/मुक्तक, बच्चाहरूको स्रष्टा कार्यक्रम, मैथिली/भोजपुरी जस्ता विभिन्न कार्यक्रमहरू आयोजना गर्दै अएको छ । 
 
जनवरी ९, २०२१को मुशायरा कार्यक्रमका लागि अहिलेसम्म निम्न अनुसारका साहित्यिक व्यक्तित्वहरूले वाचन गर्ने निश्चित भएको स्रष्टा साँझका अध्यक्ष प्रभात दीक्षितले जानकारी दिए । कार्यक्रममा ज्ञानुवाकर पौडेल- नेपाल, एहतेराम इस्लाम-भारत, फार्मूद खान इलाहाबादी-भारत, सौरभ पाण्डे-भारत,  पराग अग्रवाल- भारत, शैलेश आचार्य-अमेरिका, डा. नूर अमोही-अमेरिका, डा. कैसर अब्बास-अमेरिका, श्री मुजीब काजी-टेक्सास (अमेरिका), प्रोफेसर शिव  गौतम-फ्लोरिडा (अमेरिका), राजेन्द्र सलभ-नेपाल रहेका छन् । अरू कविहरू पनि थपिने संभावना रहेको दीक्षितले बताए । 
 
कार्यक्रमको संयोजकमा धिरेन्द्र प्रेमर्शी-नेपाल रहेका छन् । चारदेशका कविहरूले एक साथ कविता, मुक्तक, गजल प्रस्तुत गर्ने यो कार्यक्रमको प्रशारण हिमालय खबरबाट हुँदैछ ।