मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

शासक वर्गको स्तुतिगानः एक दीर्घ रोग

शासक वर्गको स्तुतिगानः एक दीर्घ रोग

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गत भाद्र ९ गते कान्तिपुर दैनिकमा राजेन्द्र महर्जनको सत्ताधारीलाई सवालको कठघरामा उभ्याऔँ शीर्षकको लेख प्रकाशित भएको थियो । त्यस लेखप्रति मेरो ध्यानाकृष्ट भयो । सरसर्ती पढेँ । निकै रमाइलो लाग्यो । महर्जनले निष्कर्षमा सत्तासीनहरूको प्रशंसाभोगी प्रवृत्ति औँल्याउँदै यस्तो प्रवृत्तिमाथि प्रहार गरेका रहेछन् । वास्तवमा सत्तामा बस्नेहरूलाई प्रशंसा, प्रशस्ति र स्तुति प्रिय लाग्ने गरेको छ । उनीहरू आफ्ना चाटुकार प्रशासक मन पराउँछनु र उनीहरूलाई नै पुरस्कृत गर्छन् । उनीहरूलाई आलोचकहरू पटक्कै मन पर्दैननु । आफ्ना महावाणीमा ताली ठोक्ने चाकरीवाज मात्रै मन पर्छन् । वर्तमान शासकको मात्र कुरा होइन । नेपालको सिङुगो इतिहास हेर्ने हो भने प्रायः सबैजसो शासकहरू प्रशंसा मात्र मन पराउने र प्रशंसकलाई नै सदैव शिरपोस, मानसम्मान दिने रोगले ग्रस्त भएका देखिन्छनु । जे होसु हाम्रा शासकहरूले इतिहासलाई सम्मान गरेका छन् । अन्यत्र नभए पनि भाट प्रवृत्ति प्रोत्सान गर्ने परम्परा धानेका छनु ।
 
लिच्छवीकालका सबै राजाहरूले आफूलाई जनप्रेमी, न्यायप्रेमी तथा प्रजापालक शासकका रूपमा चिनाएका थिए । अर्थात् यसो भनौँ स्तुतिकारहरूबाट आफुनो गुणगान गराउन लगाएका थिए । चाँगुनारायणको अभिलेखमा मानवदेवलाई ‘पराक्रमी, धैर्यवान, सहनशील, दुनियाँलाई प्रेम गर्ने …कामदेव जस्ता’ भनी वर्णन गरिएको छ (धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, पृ. १५) । अंशुवर्माको एक अभिलेखमा पनि ‘कैलाशकुट भवनबाट रातोदिन अनेकन शास्त्रकै अर्थ विषयमा छलफल गर्ने …भगवानु पशुुपतिनाथको पाउको अनुग्रह पाएका … र गाथमा आराम भएका अंशुवर्मा … ’(उही पृ. ३५८) भन्ने वर्णन गरिएको छ । यसैगरी अन्य लिच्छवी राजाहरू शिवदेव, उदयदेव, नरेन्द्रदेव, जयदेव आदि सबैका अनेक सुन्दर विशेषण जडित प्रशंसा गरिएको पाइन्छ । एउटा अनौठौ संयोग नै मान्नुपर्छ कि तत्कालीन सबै राजालाई जनप्रेमी, सुधारक र उदार प्रवृत्तिका भनिएको पाइन्छ । लिच्छवीकालका अभिलेख हेर्दा तत्कालनी समाजमा सतीप्रथा, बहुविवाह तथा दासप्रथा कायम रहेको पाइन्छ । साथै अर्को जन्ममा पुरुष भएर जन्मन पाऊँ भन्ने नारीको क्रन्दन उल्लेख पाइन्छ । लसुन, पिँडालु, दाउरा, तेल, माछालगायतका घरायसी कृषि उपजमा समेत कर लगाएको देखिन्छ । यी दृष्टान्तहरूबाट त्यसबेलामा जनसाधारणको अवस्था निःसन्देह सहज नभएको र कष्टकर जीवन बिताउन बाद्य रहेको सहजै अनुमान गर्न सकिन्छ ।
 
मध्यकालीन अभिलेखहरुमा पनि तत्कालीन शासकहरूको उच्च प्रशंसा र स्तुतिगान गरिएका प्रशस्त दृष्टान्तहरू पाइन्छन् । काठमाडौं उपत्यकाका मल्ल राजा हुन वा पश्चिम नेपालका खसीया मल्ल राजा वा बाइसी–चौबीसी राजाहरु हुनु सबै नै स्वप्रंशशा र गुणगानप्रिय रहेको तत्कालीन ऐतिहासिक दस्तावेजहरुबाट अवगत हुन्छ । दरबारमा राजाको प्रशस्ति गाउन र अतिरञ्जित बयान गर्न भाट राखिएका हुन्थे । खसीया मल्लराजा क्राचल्ललाई ‘…रतिपति कामदेव र चन्द्रमा जस्ता सुन्दर तथा गरिबहरूका लागि कल्पवृक्ष बराबर दानी, शूरामा श्रीराम जस्ता, पार्वती पति शङुकर जस्ता सबै गुणले सम्पन्न तथा राम र भीष्मजस्ता धर्मका साक्षातु अवतार थिए’ भनी वर्णन गरिएको छ (राजाराम सुवेदी, कर्णाली प्रदेशको मध्यकालीन इतिहास पृ. ६२–६३)
 
वंशावलीमा गोपाल राजवंशावली अपेक्षाकृत प्रामाणिक मानिन्छ । यस वंशावलीमा काठमाडौंका मल्ल राजा जयस्थिति मल्ललाई महानु सुधारक, प्रजापालक, सबै धर्मप्रति आस्था र गर्ने व्यक्तिका रूपमा चित्रण गरिएको छ (धनवज्र वज्राचार्य, गोपाल राजवंशावलीको ऐतिहासिक विवेचना) । जयस्थिति मल्लले समाजमा तल्लो जात र माथिल्लो जात भनी छुटुयाउने थिति बसालेका थिए । समाजमा जातीय विभेदको जरो गाडुने राजा जयस्थिति मल्ललाई वंशावलीले अतिसयोक्तिपूर्ण गुणगान समेत गाएको छ । वंशावलीले कतिपय राजाहरूको प्रशंसा गर्दा अति काल्पनिक वर्णन गरेको समेत पाइन्छ । राजा यक्ष मल्लको पालामा उनको राज्य दक्षिणमा मिथिला, मगध र गयासम्म फैलिएको, पश्चिममा गोर्खासम्म, पूर्वमा बङुगालसम्म र उत्तरमा सिकारजोङसम्म राज्य विस्तार भएको उल्लेख पाइन्छ जुन कुनै पनि ऐतिहासिक प्रमाणहरुले पुष्टि गर्न सकेको देखिदैन । यो विवरणले वास्तविक तथ्यलाई प्रस्तुत गर्नु भन्दा प्रशस्ति, स्तुति र गुणको वर्णन गर्ने उद्देश्यले यस्तो उल्लेख गरेको पाइन्छ (पेशल दाहाल, नेपालको इतिहास र संस्कृति, पृ. ५५–५६) । तत्कालीन समयमा राज्य क्षेत्र जति फैलाउन सक्यो उति राजाको शक्ति बृद्धि हुने भएकाले आफूलाई चक्रवर्ती राजा बनाउने होडमा थुप्रै काल्पनिक वर्णनहरु गर्ने प्रचलन थियो ।
 
अर्को एक अभिलेखमा ललितपुरका शासक विष्णु सिंहलाई ‘राम्रामा चन्द्रमा जस्ता, यक्षमा इन्द्र जस्ता, राम्रो बोलीमा वृहस्पति जस्ता, सौन्दर्यमा कामदेव जस्ता, लडाइँमा अर्जुन जस्ता … विष्णु सिंह दशरथबाट रामझैँ तीनबार पैदा भई पृथ्वीको पालना गर्दै हुनुहुन्छ’ भनी स्तुगिगान गरिएको छ । मल्लकालका अन्य राजालाई पनि यस्तै प्रशस्ति र स्तुतिगान गरी अनेक अभिलेख, काव्य र नाटक तयार भएका थिए ।
 
पृथ्वीनारायण शाहका समकालीन कवि ललिता बल्लभले पृथ्वीन्द्र वर्णाेदय र भक्त विनय जस्ता काव्य रचेका थिए । यी दुवैमा पृथ्वीनारायण शाहको अतिप्रशंसा र गुणगान गाइएको छ । ललिता बल्लभको उद्देश्य पनि राजालाई खुसी बनाई आफ्नो स्वार्थसिद्धी गर्नु नै थियो । त्यस्तै वसन्तपुर दरबारको एक अभिलेखमा पृथ्वीनारायण शाहलाई यसरी वर्णन गरिएको छ ः
 
…दुष्टलाई दण्ड दिने, रक्षाको निमित्त अवतार लिनुभएका कृष्ण जस्ता यहाँ पृथ्वीनारायण शाह राजा हुनुभयो …सबै राजकुलरूपी समुद्रबाट लक्ष्मीलाई लिएर ब्रह्माजीले पृथ्वीमा बनाएकी स्त्री जातिमा पर्ने गुणयुक्त भएकी पतिलाई विष्णुझैँ मान्ने नरेन्द्रलक्ष्मी महाराजकी महारानी हुनुहुन्छ । राजाहरूमा सिंहजस्ता महाराजबाट सिंहका डमरु जस्ता दुई छोरा पैदा गर्नुभयो …जबसम्म आकाशमा ताराहरू चम्किरहन्छनु तबसम्म राजाहरूको श्रीपेचमा जडेको हीरा समान भएका महाराज पृथ्वीनारायण शाहको वंश गुह्येश्वरी र पशुपतिको दुई टाउका धुलाका प्रसादले नेपालमा स्थिर भइरहोसु ।
 
राजा रणबहादुर शाहलाई सिल्ली, अर्धपागल र जनतालाई दुःख दिने राजाका रूपमा पनि चर्चा गरिएको पाइन्छ । तर, त्यसबेलाका कवि शक्तिवल्लभ अर्यालले रणबहादुरको प्रशंसामा धेरै शब्द खर्च गरेका छनु, ‘चन्द्रवंशी महाराज रणबहादुर शाह ठूलो प्रताप कदर कविहरूको गणनामा गिन्ती पनि नभएको मन्द बुद्धि भएको म कहाँ…’( धनवज्र वज्राचार्य, जय रत्नाकर नाटक, पृ.२५६) । उनले रणबहादुरलाई क्रान्तिकारी, जातभात नमान्ने तथा समाजसुधारकका रूपमा प्रस्तुत गरेका छनु । (चित्तरञ्जन नेपाली, रणबहादुर शाह) । सुन्दरानन्द बाँडाले त्रिरत्न सौन्दर्य गाथा रचना गर्नुको उद्देश्य नै राजा गीर्वाणयुद्ध, राजमाता त्रिपुरासुन्दरी र मुख्तियार भीमसेन थापालाई प्रसन्न तुल्याउनु थियो (धनवज्र बज्राचार्य, त्रिरत्न सौन्दर्य गाथा) ।
 
भीमसेन थापा प्रधानमन्त्री भएपछि त उनले गाइनेको जमात नै तयार पारेका थिए । भीमसेन थापाकै निर्देशनमा उनको नामकोे लालमोहरमा रणबहादुर शाहले भीमसेन थापालाई वामांगी भइसु, म मरी मुलुक डुब्न्या छैन भीमसेन म¥यो भने मुलुक डुब्न्या छ भन्ने उल्लेख गरेका छनु । यो भीमसेन थापाले नै आफ्नो महŒव बढाउन आफैँले लेखाउन लगाएका थिए (ज्ञानमणि नेपाल, नेपालको महाभारत, प्रथम खण्ड) ।
 
जंगबहादुर राणाको उदय भई उनले सत्ता हत्याएपछि स्वस्तिवाचन गर्ने, गुणानुवर्णन गर्ने तथा अनेक गाथा लेख्नेहरूको जमात नै तयार भयो । षड्यन्त्रकारी राजनीतिबाट उदय भएका जंगबहादुरले आफूलाई सर्वश्रेष्ठ देखाउन तथा पानीमाथिको ओभानो देखाउन निकै कसरत गरेका थिए । जंगबहादुरको बेलायत यात्राका वर्णनकर्ता (को हुनु भन्ने थाहा नभएको)ले उनको खुब बयान गरेका छन् । जब कि त्यसैबेला पेरिसमा एक सुरक्षागार्डबाट स्वयम् जंगबहादुरले पिटाइ खाएको उल्लेख कमलमणि दीक्षितले आफ्नो कृति जंगबहादुरको बेलायत यात्रामा गरेका छनु । ३२ सालको रोजनाम्चा पनि जंगबहादुरलाई प्रसन्न गराउनका लागि लेखिएको थियो । भोटको लडाइँको सबाई पनि स्तुतिगान कै क्रममा आएको हो ।
 
श्री ३ देवशमशेरको समयदेखि गोरखापत्र छापिन थाल्यो । नेपालको इतिहासमा यस प्रकाशनको आफ्नै महत्व रहेको छ । यसले अनुसन्धातालाई अनेकौँ खुराक उपलब्ध गराएको छ । तर, यसले पनि तत्कालीन शासकको स्तुतिगान र गुणानुवर्णनलाई प्राथमिकतामा राखेको थियो । यो परिपाटी आजसम्म पनि चलिरहेको छ । आजभोलि पनि यसलाई सरकारको मुखपत्र भने पनि हुन्छ । पछिल्लो समयमा आएर त यो सरकारको मुखपत्र कम र अमूक राजनीतिक दल र त्यसमा पनि अमूक गुट उपगुटको मुखपत्र अधिक हुने गरी रुपान्तरित हुँदै गएको देखिन्छ ।
 
श्री ३ चन्द्रशमशेरको लामो शासनकालमा स्तुतिगान गरिएका निकै ग्रन्थहरू प्रकाशमा आएका छनु । चिरञ्जीवी शर्मा पौडेलले चन्द्रशमशेरका बारेमा २,१०७ श्लोकको युरोप यात्रा काव्य रचेका थिए । यो काव्य महाराजको झुटो तारिफ गरिएको स्तुति काव्य थियो । जसको मूल उद्देश्य धनप्राप्ति नै थियो ( कमलमणि दीक्षित, यस्तो पनि पृ.१९) ।
 
चन्द्रशमशेरले आफुनो स्तुति अङुग्रेजी भाषामा पनि होसु र आफ्ना महत्वपूर्ण कार्यहरू विश्वका अरू देशमा पनि पुगूनु भन्ने चाहनाले एक जना अंग्रेज विद्वान पी. ल्यान्डनलाई नेपाल बोलाएका थिए । प्रसिद्ध टाइम्स पत्रिकाका संवाददाता ल्यान्डन १९०३–०४ ई. को योगइसबैँडको अभियानमा संलग्न भएर ह्लासा पुगेका थिए । सोही अनुभवका आधारमा उनले ह्लासा नामक पुस्तकका दुई भाग प्रकाशित गरेका थिए । उनले नेपाल नामक पुस्तक पनि दुई भागमा प्रकाशित गरे । यस पुस्तकको दोस्रो भाग चन्द्रशमशेरका कार्य र जीवनीसँग सम्बन्धित छ । ल्यान्डनले चन्द्रशमशेरलाई एसियाकै महानु शासकका रूपमा चित्रण गरेका छनु ।
 
चन्द्रशमशेरको देखासिकी गर्दै जुद्धशमशेरले इलाहाबाद विश्वविद्यालयका डा. ईश्वरीप्रसादबाट द लाइभ एन्ड टाइम्स अफ महाराजा जुद्धशमशेर लेखाउन लगाए । जसको प्रमुख उद्देश्य पनि आफ्नो महŒव र गरिमा देखाउनु नै थियो ।
 
विसं २००७ सालको परिवर्तनपश्चातु शासकको गुणगान गरी आफ्नो स्वार्थसिद्ध गर्ने प्रवृत्तिमा केही कमी आयो । हुन त यस परिवर्तनले पनि चाकरी संस्कृतिलाई उन्मूलन भने गर्न सकेन । विसं २०१७ सालको परिवर्तनपश्चातु मुलुकमा शासकवर्गको भजन गाउने भजनमण्डली पुनः सक्रिय हुन थाले । विसं २०१७ सालको राजा महेन्द्रको कदमलाई स्वागत तथा प्रशंसा गरी आफ्नो स्वार्थअनुकूल राजनीतिको व्याख्या गरी फाइदा लिनेको सङुख्या बढुयो । साम दाम दण्ड भेद जस्ता कूटनीति सञ्चालनमा माहिर राजा महेन्द्रले यस्तै वर्गको सहयोगबाट पञ्चायतलाई निर्विकल्प व्यवस्था बनाए । राजा महेन्द्रको गुनगान गरी धेरै पुस्तक तथा पत्रिकाहरू प्रकाशनमा आए । महेन्द्रले आफ्नो मात्र नभएर शाहवंशकै गुणगान गराउने, शाहवंशलाई नेपाल र नेपाली जनताका पालक र संरक्षक भनेर प्रचार गराउने ध्येयले इतिहासकार बाबुराम आचार्यबाट श्री ५ बडामाहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी पुस्तक नै लेख्न लगाएका थिए । यही पुस्तक लेखेवापत आचार्यलाई इतिहासशिरोमणिको उपाधिसमेत दिइएको थियो ।
 
राजा वीरेन्द्रको समय त भजनमण्डलीका लागि स्वर्णयुग नै थियो । राजारानी तथा राजपरिवारकै स्तुतिगान गरी आफ्नो आर्थिक हैसियत बढाउने धेरै भए । राजारानीको जन्मोत्सवमा विशेषाङ्रक निकाल्ने र विज्ञापन असुल्ने त कति भए कति । …पञ्चायत व्यवस्था छउन्जेल सबै पञ्च नेताहरू र प्रायः विद्वानु कहलिएका व्यक्ति पञ्चायत नआएको भए नेपाल अघि नै डुबिसक्ने थियो । यो व्यवस्था ईश्वर जस्तै निर्विकल्प र निर्विवाद छ भनी हिँडुदथे (ज्ञानमणि नेपाल, नेपालको महाभारत पृ.ग) । कतिपय लेखकहरुले राजा तथा राजपरिवारका सदस्यहरुका तर्फबाट साहित्यिक रचनाहरु लेखिदिने दरवारीया छद्य कवि लेखकसम्म बन्न पुगे । राजारानीको अतिरञ्जित वर्णनले गर्दा ‘अति सर्वत्र वर्जयेत’ भन्ने तथ्य कालान्तरमा चरितार्थ भयो ।
 
विसं २०४६ सालको परिवर्तनपश्चात पनि स्तुतिगान गर्ने रोगले महामारीकै रूप लियो । हिजोसम्म शासितवर्गमा पर्ने राजनैतिक दलका नेताहरू अब शासकवर्गमा परिणत भए । हिजोसम्म जनताको सुख दुःखका कुरा गर्ने दलका नेताहरु अब शासकवर्गको सुखसुविधामा केन्द्रित हुन पुगे । दलका नेताहरुका विषयमा अतिरञ्जित तारिफ गरी धेरै जीवनी, लेख, तथा कृतिहरु प्रकाशन गर्ने लहर नै आउन थाल्यो । । कतिले त आफ्ना दलका नेताहरुमाथि नै विद्यावारिधि गरे । नेताहरुको भजन गाएर तयार पारिएका यस्ता कृतिहरुलाई भजाएर पद–प्रतिष्ठा तथा आर्थिक लाभ प्राप्त गर्नेतर्फ एकथरी उद्यत देखिए । सत्य तथ्य विश्लेषणको स्थान प्रशंशा, स्तुतिगान र भजनले लिँदै गयो । व्यक्तिको स्वतन्त्र विचार र विश्लेषणको स्थान नेताहरुअनुकुलका विचारले लियो । नेतृत्ववर्गले बोलेका कुरालाई पक्षपोषण गर्नु नै आफ्नो विद्वताको प्रमाण हो भन्ने देखिन थाल्यो । जसको कारणबाट योग्यता र क्षमताको मानमर्दन भयो ।
 
आजकल त आफ्नो स्तुतिगान गरी संस्मरण, आत्मकथा आदि लेख्ने लेखाउने होड नै चलेको छ । पूर्वप्रशासक, पूर्वमन्त्री, सेनाका पूर्वअधिकारी तथा चिकित्सकहरूले आफ्नो प्रशस्तिसहितको महत्वपूर्ण र योगदान लेखाई आफूलाई अब्बल देखाउने गरी कृति छाप्न र छपाउन थालेका छनु । यस्ता कृति निकाल्नेहरूमा आफ्नो कार्यकालमा विभिन्न संघसंस्था खोली सोही संस्थाको नकाब ओढेर संस्थालाई नै दोहन गर्ने र आफ्नो हैसियत बढाउनेहरू पनि देखिँदै छनु । आर्थिक लोभकै कारण उनीहरूको इच्छाअनुकूल लेखिदिने तथाकथित बौद्धिक वर्गको सङुख्या पनि बढुदै छ ।
 
माथि उल्लेख गरिएका अभिलेख र अन्य दस्तावेजहरू स्तुतिगानको रोगका दृष्टान्त देखाउन मात्र प्रस्तुत गरिएका हुनु । ती दस्तावेजहरूको ऐतिहासिक महत्वनै नभएको चाहिँ होइन । इतिहासको विभिन्न कालखण्डमा विभिन्न शासकहरूको आफ्नै स्थान छ । र, विशिष्ट योगदान पनि छ । यस आलेखमा केबल भाट प्रवृत्ति र शासकहरूलाई स्तुतिगान प्रिय लाग्ने परम्पराको रूपरेखा मात्र प्रस्तुत गरिएको हो । यी विश्लेषणबाट एउटा के निष्कर्ष निकाल्न सकिन्छ भने मानिस स्वाभाविक रुपले प्रंशंशा र गुणानुवर्णनको भोको हुन्छ र शासकवर्ग त झन सदैव आलोचनालाई अस्वीकार गर्दछ र प्रशंशालाई पुरस्कृत गर्न उद्यत हुन्छ । यो चाहे सामन्ती राजाहरुमा होस वा जनताको दुहाई दिँदै शासनसत्तामा पुगेका क्रान्तिकारी नेताहरुमा होस समान रुपले लागू हुन्छ । जो आलोचनालाई शान्तपूर्वक सहन गर्दै अगाडि बढदछ उ नै सन्त बन्दछ ।