कोलोराडो- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाको विधान २०१२ को पहिलो संशोधन (२०२०) दुई तिहाइ भन्दा अधिक आजीवन सदस्य संख्याको समर्थनबाट अनुमोदन भएको छ ।
शाखामा आवद्द रहेका ९४ आजीवन सदस्य मध्ये ७५ आजीवन सदस्यले अनुमोदनमा भाग लिएका थिए । ७५ जनाले संशोधनको पक्षमा मत दिएका थिए । संशोधन मस्यौदा अनुमोदनको लागि डिसेम्बर १९ देखि २५ सम्म ईमेल मार्फत मतदान गर्ने व्यवस्था गरिएको थियो ।
संशोधनको मस्यौदा संशोधनका लागि पदम विश्वकर्मा (संयोजक) र रमेश गुरुङ, श्याम श्रेष्ठ, विजयदेव अधिकारी र राजु सिटौला सदस्य रहेका थिए ।
प्रतिक्रिया