
काठमाडौँ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गरेका छन् । वल्र्ड बुक अफ रेकर्ड युकेमा उनले सो रेकर्ड कायम गरेका हुन् ।
शुक्रबार आयोजित कार्यक्रममा दिउँसो १ः१५ बजेदेखि गाउन सुरु गरेका राज्यमन्त्री मानन्धरले लगातार ४ घन्टा ५ मिनेट २० सेकेन्ड गीत गाएर विश्व रेकर्ड कायम गरेका हुन् । राज्यमन्त्री मानन्धरले उक्त समयमा क्रमश ५९ वटा गीत गाएका थिए ।
उनले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाएका थिए । नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारादेवी, अरुणा लामालगायतले गाएको गीत उनले ट्रयाकमा गाएका हुन् । ‘देशले रगत मागे मलाई बलि चढाउनू’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘ठूला ठूला महल होइन’ लगायतका गीत उनको रोजाइमा परेको थियो ।
कार्यक्रममा प्रधानमन्त्री पत्नी महिला राधीका शाक्यले राजनीति र गायनसँगै आफ्नो व्यक्तित्व अगाडि बढाउन सफल भएकोमा मन्त्री मानन्धरलाई बधाई दिइन् ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्री मानन्धरको प्रयासले नेपाललाई विश्वमा थप पहिचान दिने विश्वास व्यक्त गरे । वल्र्ड बुक अफ रेकर्ड नेपालका अध्यक्ष सागर कटुवालले मन्त्री मानन्धर यो विधामा गीत गाउने विश्वकै पहिलो मन्त्री भएको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले मन्त्री मानन्धरलाई विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेकी थिइन् ।
राज्यमन्त्री मानन्धरले नेपालको कला र सङ्गीतलाई विश्वमा चिनाउने प्रयास गरिएको बताए । उनले गाएका सबै गीतको रोयल्टीसमेत तिरेर गाएका हुन् । रासस


हिमालय खबर -
- अमेरिकी अर्थमन्त्री येलेनलाई सिनेटको अनुमोदन
- अमेरिका प्रवेश गर्न कोरोना नेगेटिभ रिपोर्ट चाहिने
- ट्रम्पद्वारा फ्लोरिडामा ‘पूर्वराष्ट्रपतिको कार्यालय’ स्थापना
- एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित
- आयोगको निर्णयले पार्टी एकतामा बल पुग्छ : नेता गौतम
- नेकपा प्रचण्ड-नेपाल समूहको संघर्षका कार्यक्रम सार्वजनिक
- आरोपपत्र फिर्ता गरी निर्वाचनमा आउन ओली समूहको आग्रह
- घोषणा गरेकै समयमा चुनाव हुन्छ : प्रधानमन्त्री ओली
- अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा
- कमला ह्यारिस : उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला
प्रतिक्रिया