मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

यो गहिरो निराशाको खाल्डो फेरि किन खनिस ?

यो गहिरो निराशाको खाल्डो फेरि किन खनिस ?

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आगोको लप्का कहिले पानीको छाँगो बनिस

विषको घुट पिउँदै पिउँदै सपनाहरु पनि गनिस

 

ध्यार् ध्यार् हुँदा मैले तँलाई सोधेको थिएँ प्रश्न

टुक्रा टुक्रामा उध्रिएकोलाई सिउनु पर्छ भनिस

 

सम्झाउन जानेको छस् रिसाउन फकाउन पनि

यो गहिरो निराशाको खाल्डो फेरि किन खनिस ?

 

जल्छस् , बल्छस् कहिले मरणासन्न भएको छस्

तै पनि उठ्छस हाँस्छस , बाँच्न ओहो तैंले जानिस

 

जलाउ मन , बाल मुटु झन पो बलियो भइन्छ रे

खाँटी कुरा थाहा पाएँ यो दुनियाँबाटै तैंले जानिस