
झुपडी उतै छुटे पनि
खोपडी छोड्न सकिएन I
ढुङ्ग्रो बाँइ्गीयो तर
सुध्रने लक्षण देखिएन ॥
विकाउन र बिक्न मै
कान्छाका सपना बिके I
बरु कपाल फूलेर फेरियो
गिद्दी फेर्न सकिएन ॥
हिड्न त कान्छो सियो
हिडेकै बाटो हिडेको हो I
आँखिर धागो न परयो
पाईला मेटेको बुझ्न सकिएन ॥
कान्छो मात्तियो आजकल
कोराना जस्तै जताभावी I
समय मै ठिक पार्न सकिन्थ्यो
तर सुरु मै लक्षण बुझ्न सकिएन ॥
भन्न त सबैले यो बेशारेलाई
बेशारले ठिक पार्छ भन्छन I
तर बेशार नै नक्कली परे पछी
सही औषधी खोज्न सकिएन ॥

बलायर “प्रत्याशी” -
- ईतिहाँसका पाना
- गुट उपगुट को प्रभाबमा एनआरएनए अमेरिकाको चुनाब
- सुखी भन्दा पनि खुसीजीवनको मार्ग हो बुद्धवाद !
- समाजकल्याण कि आत्मकल्याण ?
- लक्षण बुझ्न सकिएन
- विक्री
- लाज
- कोभिड-१९ ले बालबालिकामा पार्न सक्ने मनोवैज्ञानिक त्रास र निदानका उपायहरु
- नत संस्कृती रह्यो नत सन्तती नै रह्यो
- सामाजिक सञ्जालमा बरालिँदाका विचार र एेना
प्रतिक्रिया