मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

बाइडेनको जित अस्वीकार गर्ने ट्रम्पको मुद्दा सर्वोच्चद्धारा खारेज

बाइडेनको जित अस्वीकार गर्ने ट्रम्पको मुद्दा सर्वोच्चद्धारा खारेज


वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनको मतपरिणामलाई अस्वीकार गर्दै दायर गरेको मुद्दा खारेज भएको छ । अमेरिकाको सर्वोच्च अदालतले मुद्दाहरुमा पर्याप्त प्रमाण र आधारहरु नभएको भन्दै शुक्रबार ती मुद्दाहरु खारेज गरिदिएको हो ।

प्रमुख चार प्रतिस्पर्धात्मक राज्यहरूको चुनावी नतिजा खारेज गर्न उनले गरेको मागलाई अदालतले अस्वीकार गरिदिएको छ । जर्जिया, मिसिगन, पेन्सिल्भानिया र विस्कन्सिन राज्यको नतिजालाई अमान्य घोषणा गर्न यसै साता मुद्दा दायर गरिएको थियो ।

अदालतको यो आदेशले राष्ट्रपति ट्रम्पलाई फेरि अर्को धक्का दिएको छ । उनले गत नोभेम्बर ३ तारिखका दिन भएको निर्वाचनमा धाँधली भएको दाबी गर्दै आएका छन् । त्यसप्रति असन्तुष्टि जनाउदै उनले विभिन्न राज्यका अदालतहरुमा मुद्दा दायर गरेका थिए । ती अदालतहरुले पनि ट्रम्पको मागलाई अस्वीकार गर्दै आएकोमा सर्वोच्च अदालतले पनि त्यसैसँग मिल्ने निर्णय गरेको हो । 

प्रतिस्पर्धी जो बाइडेनले निर्वाचनमा जित हासिल गर्ने संकेत देखिएलगत्तै उनले नतिजा अस्वीकार गर्ने संकेत गरेका थिए । सबै अदालतहरुले उनको मागलाई अस्वीकार गरेपछि पद हस्तान्तरण गर्नुको विकल्प उनीसँग छैन । उनले आगामी जनवरी २० तारिखका दिन राष्ट्रपतिमा नवनिर्वाचित वाइडेनलाई पद हस्तान्तरण गर्नु पर्नेछ । एजेन्सी