मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा २४ घन्टामा ४५ हजार जनामा कोरोना संक्रमण

भारतमा २४ घन्टामा ४५ हजार जनामा कोरोना संक्रमण


नयाँ दिल्ली । भारतमा विगत चौबीस घन्टाको अवधिमा थप ४४ हजार ६९९ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसैसँग भारतमा हालसम्म संक्रमितको संख्या ९२ लाख ६६ हजार ७०५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । जसमध्ये ८६ लाख ७९ हजार १३८ व्यक्ति संक्रमणमुक्त भएका छन् । 

भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा थप ५२४ जनाको मृत्यु भएको र  यो सहितमा भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३५ हजार २६१ पुगेको छ । 

मन्त्रालयका अनुसार हाल ४ लाख ५२ हजार ३०६ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकैदिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार १९ औँ दिन हो ।

भारतभर सबैभन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा अझै पनि ८५ हजार ४८८ व्यक्ति सक्रिय  संक्रमित रहेका छन् । त्यसपछि केरलामा ६५ हजार २३४ व्यक्ति सक्रिय संक्रमित रहेका छन् भने राजधानी सहर दिल्लीमा ३८ हजार २८७ जना सक्रिय संक्रमित रहेका छन् । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कूल १३ करोड ५९ लाख ३१ हजार नमूना परीक्षण गरेको जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले कोभिड–१९ को खोप निर्माण गर्ने सम्बन्धमा गम्भीरतापूर्वक कार्य गरिरहेको बताउँदै खोपको डोज र मूल्य अझै टुंगो नलागेको बताएका थिए ।  

उनले भने, “सरकारले खोप निर्माणमा ध्यान दिइरहेको छ । हामी खोप निर्माताहरुसँग छलफल गरिरहेका छौं । हामी विश्वका अरु नियामकहरु, सरकारहरु, बहुराष्ट्रिय संघसंस्था र अन्तर्राष्ट्रिय कम्पनीसँग पनि छलफलमा छौं । अहिलेसम्म कति डोज आवश्यक हुन्छ भन्ने स्पष्ट भइसकेको छैन । हामीले अझै यसको सही उत्तर प्राप्त गरिसकेका छैनौं ।”

प्रधानमन्त्री मोदीले यही विषयमा राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गरिरहेको पनि जानकारी दिएका थिए । एएनआई