
काठमाडौँ । नेपालमा सोमबार १९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार सोमबार थप १६ सहित १३३७ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घन्टामा थप ३०४३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख २ हजार ६७ पुगेको छ । जुन कुल संक्रमितको ९०.९० प्रतिशत हो ।
काठमाडौँ उपत्यकामा थप १००७ जना संक्रमित थपिएका छन् । काठमाडौँका ७७९, ललितपुरका १४३ र भक्तपुरका ८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १ लाख ३ हजार ८३० पुगेको छ । जसमा काठमाडौँमा कुल ८३ हजार ८२२, ललितपुरमा १२ हजार ५११ र भक्तपुरमा ७ हजार ४९७ जना रहेका छन् ।
मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएको जिल्ला मनाङ मात्र रहेको छ ।
स्वास्थ्य मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा थप १० हजार ३८१ जनासहित हालसम्म १६ लाख ७० हजार ४५६ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ६२९ जना र आइसोलेसनमा १८ हजार ८८४ जना रहेका छन् ।
हिमालयखवर संवाददाता -
- अन्तर राज्यस्तरीय भलिवल प्रतियोगिता संचालन हुने
- अनेसास ह्युस्टन च्याप्टरमा नयाँ कार्यसमिति
- ओलीले तत्काल राजीनामा नदिने
- प्रजातान्त्रिक आन्दोलनका अगुवा एकनाथ रानाभाटको निधन
- Himalaya Talk Show with Tika Paudel | Candidate Euless City Council Place 6
- नेपाली विद्यार्थी प्रमोद भट्टराईको ह्युस्टनस्थित अपार्टमेण्टमा मृत्यु
- मंगलमा मानव सार्ने प्रयास र पर्सिभरेन्स यान
- ए.एन.ए. अध्यक्ष विजयराज भट्टराईले प्रकाशित गरे एनआरएनए अमेरिकाका सम्पूर्ण १७,७१० सदस्यहरुको नामावली
- चितवनका दुई पत्रकार अधिकारी र श्रेष्ठ सम्मानित
- टिका पौडेल युलेस सिटी काउन्सिलमा (Place 6) आफ्नो उमेद्द्वारी दिँदै (भिडियो)
प्रतिक्रिया