मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

कोरोना संकट गहिरियो, क्यालिफोर्नियामा घरमै बस्न आदेश

कोरोना संकट गहिरियो, क्यालिफोर्नियामा घरमै बस्न आदेश


क्यालिफोर्निया । कोरोनाभाइरसको संक्रमण अत्यधिक वृद्धि हुँदै गएको भन्दै अमेरिकाको क्यालिफोर्निया राज्यमा मानिसलाई घरमै बस्न आदेश दिइएको छ । 

क्यालिफोर्नियाको सार्वजनिक स्वास्थ्य विभागले अत्यावश्यक कामबाहेक अन्य अवस्थामा घर बाहिर ननिस्कन जारी गरेको आदेशमा उल्लेख गरिएको छ । 

शनिबारदेखि लागू हुने आदेश आगामी डिसेम्बर २१ तारिखसम्म कायम रहने र आवश्यकताअनुसार फेरि थप हुनसक्ने अधिकारीहरुले जनाएका छन् । 

“हाम्रो राज्यमा महामारी बढ्दै गइरहेको छ, केही हप्ता जटिल र संकटपूर्ण हुने देखिएको छ, त्यसैले हामी सबैले उच्च सतर्कता अपनाउन आवश्यक छ,” क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले भने । 

क्यालिफोर्नियामा अहिलेसम्म दस लाख ५९ हजार २६७ जना सङ्क्रमित भएका छन् भने १८ हजार ४६६ जनाको मृत्यु भएको छ । एएनआई