
टेक्सास, अमेरिका । अमेरिकाको टेक्सास राज्यमा मात्र कोरोना भाइरस (कोभिड १९) का कम्तीमा पनि १० लाख संक्रमित भेटिएका छन् । जोन हप्किन्स विश्वविद्यालयको बुधबारको तथ्यांकमा संक्रमितहरुको संख्या १० लाख पुगेको देखिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
अमेरिकी स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार अमेरिकाको टेक्सास राज्य नै देशको सबैभन्दा बढी कोरोना संक्रमितहरु रहेको पहिलो राज्य भएको छ ।उक्त राज्यको तथ्यांकअनुसार यस राज्यमा बुधबारसम्ममा १० लाख १० हजार ३६४ जना कोरोना भाइरस संक्रमित नागरिक रहेका हुन् ।
त्यसैगरी सो राज्यको तथ्यांकमा यस राज्यमा मात्र मृत्य हुने नागरिकको संख्या १९ हजार ३३७ जना रहेका छन् । टेक्सास पछि अमेरिकामा सबैभन्दा धेरै कोरोना संक्रमित भएको राज्य क्यालिफोर्निया रहेको पनि सो विश्वविद्यालयको तथ्यांकमा देखाइएको छ ।
उक्त तथ्यांकअनुसार क्यालिफोर्नियामा मात्र ९ लाख ८९ हजार ४३२ जना कोभिड १९ का संक्रमित देखिएका छन् ।त्यसैगरी सो राज्यमा १८ हजार ६६ जना व्यक्ति उक्त संक्रमणका कारण मृत्यु भएको बताइएको छ ।
विश्वमा सबैभन्दा बढी कारोना भाइरसका संक्रमित भएको देश अमेरिका हो । अमेरिकामा अहिलेसम्म १ करोड ५ लाख ६८ हजार ७१४ जना संक्रमित भएका छन् भने यहाँ २ लाख ३९ हजार ६९५ जनाको निधन भएको बताइएको छ । एएनआई

हिमालय खबर -
- न्यायाधीश नियुक्ति स्वतन्त्र र निष्पक्ष हुनुपर्छ : कानुनमन्त्री
- लागूऔषध दुर्व्यसनबाट युवालाई बचाउनु सबैको दायित्व हो : गृहमन्त्री खाण
- समाजको परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री देउवा
- नागरिकता विधेयक अघि बढाउन सांसद्हरुको माग
- विभिन्न मुलुकमा अलपत्र परेका एक हजार बढीको उद्धार
- स्थानीय निर्वाचनमा गठबन्धनले राम्रो परिणाम दिएको छ : अध्यक्ष नेपाल
- हेटौंडा–बर्दघाट प्रसारण लाइनको अवरोध सर्वोच्चले खुलायो
- आयात प्रतिस्थापन गर्न सके सबल राष्ट्रिय अर्थतन्त्र निर्माण हुन्छ : राष्ट्रपति
- जनप्रतिनिधिले काम गरेर प्रतिफल दिनुपर्छ : महामन्त्री थापा
- जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन क्रियाशील छु : सभामुख
प्रतिक्रिया