मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

जो बाइडन ४६ औं अमेरिकी राष्ट्रपति

जो बाइडन ४६ औं अमेरिकी राष्ट्रपति

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेरिका- जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका छन्। राष्ट्रपति निर्वाचनका लागि महत्वपूर्ण मानिएको पेन्सलभनिया राज्यको २० इलेक्ट्रोल कलेज भोट बाइडेनले जितेपछि निकै प्रतिस्पर्धात्मक निर्वाचन श्रृङ्खलाको अन्त्य हुने अवस्थामा पुगेको छ।

अमेरिकी राष्ट्रपतिका रुपमा ट्रम्पको चारबर्षे कार्यकाल घृणा, द्वेष र आपसी द्वन्द्व बढाउन मात्र केन्द्रित भयो। सार्वजनिक अभिव्यक्ति र सामाजिक सञ्जालमा व्यक्त उनका अति निकृष्ट टिप्पणीहरु नियाल्दा अमेरिका जस्तो विश्वशक्ति राष्ट्रको प्रमुखको गरिमालाई अवमूल्यन मात्र गरिरहेजस्तो हुन्थ्यो। उनको समर्थन नगर्ने विपक्षी हुन् कि आफैंले नियुक्त गरेका आफ्नै क्याबिनेटका सदस्य, त्यसका विरुद्ध उनले निकै निकृष्ट शैलीमा आलोचना गर्दै आइरहेका थिए। परिवारका सदस्यहरूभन्दा अरूलाइ विश्वास नगर्ने र छुद्र स्वभावनै ट्रम्प पराजयको कारक बन्यो । 

पेन्सलभनिया, विस्कन्सिन, मिचिगन, एरिजोना जस्ता प्रतिष्पर्धात्मक राज्यहरुका चुनावको नतिजा नआउॅदै विजयी भएको घोषणा गरेका ट्रम्पको छुद्रता र गैर राजनीतिक अभिव्यक्तिको श्रृङ्खला संसारले देख्दै आएको छ। नोभेम्वर ३ को निर्वाचनका दिन यता दर्जनौं गलत र भ्रामक सूचना दिनेगरी जारी गरेका ट्रम्पका ट्वीटहरु ट्वीटरले सेन्सर गरिदिएको थियो। जनमतलाई कदर गर्ने राजनीतिक संस्कार ट्रम्पमा पटक्कै देखिएन। जनमतलाई अनादार गर्ने खालका उनी र उनका समर्थकहरुको हर्कत देख्दा अमेरिकी प्रजातन्त्रको हुर्मत लिइरहेको आभास दिइरहेछ।

राष्ट्रपति हुनका लागि २७० मत अावश्यक पर्नेमा बाइडेनले २९० प्राप्त गरिसकेका छन् । अमेरिकामा बहालवाला राष्ट्रपतिले चुनाव हारेको यो तेस्रो घटना हो । यसअघि जिम्मी कार्टर र जर्ज बुशले दोस्रो कार्यकालका लागि चुनाव हुँदा पराजित भएका थिए । 

पराजित भएपनि ट्रम्पको चरित्र र उनले अदालत गुहारेको दृश्यले सजिलै ह्वाइट हाउस नछाड्ने संकेत मिलेको छ । अाफै राष्ट्रपति भएर गराएको चुनावमा धाँधली भएको भन्दै सारा विश्वलाइ उनले चकित बनाइरहेका छन् । ट्रम्पको चरित्र तानाशाहको भन्दा कम्ता देखिएको छैन ।  तस्बिर : सामाजिक संजाल