मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

विश्वभर १२ लाख ५२ हजारको मृत्यु, अमेरिकामा संक्रमितको संख्या एक करोड नाघ्यो

विश्वभर १२ लाख ५२ हजारको मृत्यु, अमेरिकामा संक्रमितको संख्या एक करोड नाघ्यो


वासिङ्टन । कोरोनाभाइरसबाट हालसम्म १२ लाख ५२ हजार व्यक्तिको मृत्यु भएको छ । गत डिसेम्बरमा चीनको बुहान सहरबाट सुरु भएको यस कोरोनाभाइरसबाट हालसम्म ४ करोड ९८ लाख ६१ हजार ८९ व्यक्ति सङ्क्रमित भइसकेका छन् । तीमध्ये ३ करोड ५४ लाख कोरोनामुक्त भएका छन् ।  

सबैभन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसबाट २ लाख ४२ हजार ३३९ जनको मृत्यु भएको छ । अमोरिकामा एक करोड ७१ हजार व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । जसमा ६३ लाख ९२ हजारभन्दा बढी कोरोनामुक्त भएका छन् ।

अमेरिकापछि ब्राजिलमा १ लाख ६२ हजार ३५ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । यहाँ ५६ लाख ३२ हजार ५०५ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । भारतमा १ लाख २५ हजार ८९५ जनाको कोरोनाभाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । यहाँ ७८ लाख ३७ हजार ६१ कोरोनाभाइरस सङ्क्रमित भएका छन् ।

मेक्सिकोमा यस भाइरसका कारण ९४ हजार ३२३ जनाको मृत्यु भएको छ भने ९ लाख ५५ हजार १३८ जना सङ्क्रमित भएका छन् । बेलायतमा ४८ हजार ५६५ जनाको मृत्यु भएको छ भने ११ लाख ४९ हजार ७९१ जनाको कोरोना भाइरस संक्रमित भएका छन् । 

चीनमा कोरोना भाइरसबाट ८६ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भए भने ४ हजार ६३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो । एएफपी