मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकी राष्ट्रपति चुनाव : मिचिगन र विस्कन्सिन राज्यमा सफलतासँगै वाइडेन विजयको नजिक

अमेरिकी राष्ट्रपति चुनाव : मिचिगन र विस्कन्सिन राज्यमा सफलतासँगै वाइडेन विजयको नजिक


वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फका प्रत्यासी जो वाइडेनले मिचिगन र विस्कन्सिन राज्यमा विजय हासिल गरेका छन् । डेमोक्रेट पार्टीको वर्चश्व रहँदै आएका यी दुवै राज्यमा चार वर्षअघि राष्ट्रपति ट्रम्प विजयी भएका थिए । 

मिचिगन र विक्सन्सिन राज्यमा वाइडेनलाई सफलता प्राप्त भएसँगै राष्ट्रपति ट्रम्पलाई पुनः राष्ट्रपतिमा विजयी हुन कठिन हुँदै गएको छ । 

अमेरिकामा गत मंगलबार चुनाव भएको थियो । मंगलबार राति र बुधबार दिनभर मतगणना हुँदा पनि राष्ट्रपतिमा चयन हुनका लागि आवश्यक २७० इलेक्टोरल कलेजमा दुवै उम्मेदवारले प्राप्त गर्न सकेका छैनन् । 

पछिल्लो मत परिणामअनुसार वाइडेनले २६४ इलेक्टोरल मत प्राप्त गरेर विजयको नजिक छन् भने ट्रम्पले २१४ मत पाएका छन् । वाइडेनले सात करोड १० लाखभन्दा बढी मत प्राप्त गरिसकेका छन् । अमेरिकी इतिहासमा राष्ट्रपतिका कुनै पनि उम्मेदवारले प्राप्त गरेको यो सबैभन्दा बढी मत हो । 

पछिल्लो चुनावी अवस्थाका बारेमा उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिससँगै ब्रिफिङ दिँदै बाइडेनले आफू अमेरिकी राष्ट्रपति पदमा विजयी हुने अन्तिम अवस्थामा पुगेको बताए । तर, उनले आफू विजयी भएको घोषणा गर्न चाहेनन् ।  

उनले भने, “म अमेरिकी राष्ट्रपति हुँदैछु । मैले विजय प्राप्त गरेपछि रातो वा निलो रङका आधारमा कुनै राज्यमाथि भेदभाव हुने छैन । मेरो ध्यान केबल संयुक्तराज्य अमेरिका हुनेछ ।”

राष्ट्रपति ट्रम्पले भने आफूले चुनावमा विजय हासिल गरिसकेको दाबी गरे पनि स्वयं रिपब्लिकन पार्टीका नेताहरुले हतारको घोषणा भन्दै आलोचना गरेका छन् । 

विस्कन्सिन र मिचिगनमा विजय प्राप्त गरेसँगै वाइडेनलाई राष्ट्रपतिमा निर्वाचित हुन ६ इलेक्टोरल भोट मात्र आवश्यक रहेको छ । निर्वाचनको मिश्रित नतिजा आइरहेको अवस्थामा राष्ट्रपति ट्रम्पले बुधबार ह्वाइट हाउसमै बिताएका थिए । एपी