मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा तीन महिनापछि सबैभन्दा थोरै सङ्क्रमित

भारतमा तीन महिनापछि सबैभन्दा थोरै सङ्क्रमित


नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या पछिल्लो तीन महिनामा मङ्गलबार सबैभन्दा थोरै देखिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाभित्रमा मङ्गलबार ४० हजारभन्दा थोरै सङ्क्रमित भेटिएका हुन् । 

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ४७० जना सङ्क्रमित भएको जनाएको छ । योसँगै भारतमा कूल सङ्क्रमितको सङ्ख्या ७९ लाख ४६ हजार ४२९ पुगेको छ । 

त्यसैगरी भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख १९ हजार ५०२ जनाको मृत्यु भएको छ । तीमध्ये ४८८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । 

कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको संख्या भारतमा ७२ लाख एक हजार ७० रहेको अधिकारीहरुले जनाएका छन् । सरकारी निकायले भारतमा कोरोनाभाइरसबाट मुक्त भएकाको अनुपात ९०।६२ प्रतिशत रहेको पनि जानकारी दिएका छन् । 

त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुमध्ये १।५० प्रतिशत मानिसको मात्रै मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोनाभाइरसबाट अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या पनि घटेर सात लाखभन्दा कम भएको छ । अधिकारीहरुका अनुसार कूल छ लाख २५ हजार ८५७ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । 

भारतमा केही हप्ता अगाडिसम्म कोरोनाभाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएकोमा पछिल्लो केही हप्ता अगाडिदेखि दैनिकरुपमा घट्दै गएको छ । पिटिआई