मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

लङमन्ट हिमालयज् लायन्स क्लबद्धारा भोजन बिहिनलाई भोजन उपलब्ध गराउन सहयोग

लङमन्ट हिमालयज् लायन्स क्लबद्धारा भोजन बिहिनलाई भोजन उपलब्ध गराउन सहयोग

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो (अमेरीका)- कोलोराडोमा सकृय लङमन्ट हिमालयज लायन्स क्बलले मातृ भुमी नेपालमा बर्तमान परिस्थितीका कारण भोजन बिहिन हुन पुगेका नेपाली दाजुभाई दिदी बहिनीहरुलाई भोजन उपलब्ध गराउन झण्डै दुईलाख  सहयोग संकलनगरी नेपाल पठाएको छ ।


मातृभुमीमा बर्तमान परिस्थिती कारण सडक मजदुर, घरवार बिहिन बालबालिकाहरु भोक भोकै पर्न थाले पछि , त्यहां  रहेका  स्थानिय समाजसेवी संघ संस्थाहरुको सहयोगमा  सडकमा सामुहिक भोजन गराउन थालेको बिभिन्न सामाजिक संजाल मार्फत थाहापाएपछि  लायन्सले सहयोग संकलन गरी पठाईएको हो ।


संस्थाले एक महिनाको बिचमा २ पटक सहयोग संकलनगरी १ हजार ७ सय डलर तथा १ लाख ९८ हजार ३ सय ७६ रुपयां नेपाल पठाएको छ । मातृ भुमीमा २०४७ साल देखी सामाजिक सेवामा सकृय बन्दि सहायता नेपालका अध्यक्ष ईन्दिरा रानामगर मार्फत भोजन बिहिनहरुलाई भोजनको ब्यावस्था मिलाउन  सहयोग पठाईएको संस्थाका अध्यक्ष संजय प्रधानले बताएका छन् ।  
लङमन्ट हिमालयज लायन्स क्बललले स्थापनाकाल देखिनै बाल बालिकाहरुको आंखा जांच, चश्मा संकलन तथा बितरण, नेपाली भाषा कक्षा संचालन,  न्यानो कपडा संकलन तथा बितरण, बृक्ष रोपण, भुकम्प , बाढि पहिरो पिडित तथा असाहाय अपाङ्गता भएका व्यक्तिहरुकालागी सहयोग संकलन  बितरण र घरवार बिहीनहरुलाई खाना बितरण लगायत बिभिन्न सामाजिक तथा संस्कृतिक कार्यक्रमहरु गर्दै आएको छ ।