मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रस्तावित राजदूत डा खतिवडा र रेग्मीविरुद्ध चार उजुरी

प्रस्तावित राजदूत डा खतिवडा र रेग्मीविरुद्ध चार उजुरी


काठमाडौँ । संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यका लागि प्रस्तावित नेपाली राजदूतविरुद्ध संघीय संसद् संसदीय सुनुवाइ समितिमा चार उजुरी परेका छन् अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत डा. युवराज खतिवडाविरुद्ध तीन र बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध एक उजुरी परेका छन् ।

सरकारले असोज १५ गते संयुक्त राज्य अमेरिकाका लागि प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. खतिवडा, बेलायतका लागि पूर्वमुख्यसचिव रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मलकुमार विश्वकर्मालाई राजदूतमा प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष नाम पठाएको थियो ।

समितिको गत असोज २१ गतेको बैठकले प्रस्तावित राजदूत सम्बन्धमा कुनै गुनासो, उजुरी वा सिकायत भएमा १० दिनभित्र समितिसमक्ष उजुरी दिन सर्वसाधारणसँग आह्वान गर्दै सूचना प्रकाशन गरेको थियो ।

उजुरीकर्ताको ठेगाना र सम्पर्क नम्बर नखुलेकाले सार्वजनिक सूचनामार्फत उनीहरुलाई बोलाउनुपरेकाले त्यसको सूचना मंगलबार प्रकाशन गरिने समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । समितिले प्राप्त उजुरीमाथि छलफल गर्न यही कात्तिक १७ गते समितिको बैठक डाकेको छ ।

योग्यता, क्षमता, अनुभव कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि प्रस्तावित व्यक्ति राजदूतका लागि उपयुक्त हो ÷होइन ठह¥याई आवश्यक निर्णय लिइनेछ । प्रस्तावित नाम अनुमोदनपछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । रासस