मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

थप ३१६७ जनामा कोरोना संक्रमण, ३८ हजार ७३७ जना सक्रिय संक्रमित

थप ३१६७ जनामा कोरोना संक्रमण, ३८ हजार ७३७ जना सक्रिय संक्रमित


काठमाडौँ । नेपालमा शनिबार ३७४९ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।   

उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको छ । पछिल्लो २४ घन्टामा १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२९ पुगेको छ ।  

एकैदिन कोरोना संक्रमण निको भई १८०० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ८९ हजार ८४० पुगेको छ । जुन कुल संक्रमितको ६९.४८ प्रतिशत हो ।    

काठमाडौँ उपत्यकामा थप १७४६ जना संक्रमित थपिएका छन् । काठमाडौँका १४५१, ललितपुरका १५२ र भक्तपुरका १४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ५२ हजार ७३५ पुगेको छ । जसमा काठमाडौँमा कुल ३९ हजार ८२०, ललितपुरमा ६ हजार ५३२ र भक्तपुरमा ४ हजार २१५ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप १५ हजार ४३८ जनासहित हालसम्म १२ लाख ६९ हजार ६०५ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ४ हजार ७१५ जना क्वारेन्टाइनमा र ३८ हजार ७३७ जना आइसोलेसनमा रहेका छन् ।   

मन्त्रालयका अनुसार देशभर २९० जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको सघन उपचार कक्षमा र ६६ जना भेन्टिलेटरमा उपचाररत छन् ।