मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

आईसीईले सेन्चुरी सिटी वाट १७२ जना अप्रावासी पक्राउ गर्यो

आईसीईले सेन्चुरी सिटी वाट १७२ जना अप्रावासी पक्राउ गर्यो

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका– यूएस इमिग्रेसन एण्ड कस्टम्स इन्र्फोस्मेण्ट (आईसीई)ले प्रवासीका लागि उदार मानिएका ६ सेन्चुरी सिटीवाट १७२ जना गैरकानुनी रुपमा अमेरिका वस्दै आएका विदेशीलाई पक्राउ गरेको छ ।

बाल्टिमोर, डेनभर, न्यूयोर्क, सियाटल, फिलेडेल्फिया र वासिंटन डिसीवाट अक्टोबर ३ देखि ९ तारिखका विचमा आईसीईले ती अप्रावासीलाई पक्राउ गरेको हो । 

यो कारवाही मुख्य रुपमा पहिलेनै डिर्पोटेसनको निर्णय भईसकेको, अपराधिक रकेर्ड भएका अप्रावासीमा केन्द्रिय रहेको आईसीईले जनाएको छ । स्थानिय प्रशासनसंग मिलेर यो रेड गरिएको हो । पक्राउ परेका मध्ये ८० प्रतिशतको अपराधिक रेकर्ड रहेको जनाईएको छ । 

उक्त रेडमा सवैभन्दा वढी  न्यूयोर्कवाट ५४ जजा पक्राउ परेका छन् । ३५ जना सियाटल, ३४ जना डेनभर, २६ फिलेडल्फिया, १२ बाल्टिमोर र ११ जना वासिंटन डिसीवाट पक्राउ परेको आईसीईले जनाएको छ । 

आईसीईले यस्तो कारवाही निरन्तर जारी हुने जनाएको छ । यो आईसीईको नियमित कार्य भित्र पर्ने भएकाले राजनीतिले कुनै असर नपर्ने जनाईएको छ । तस्बिर : सामाजिक संजाल